चलचित्रको प्रमोसनका लागि निर्देशक पुगे अमेरिका
बिदुर– अन्र्तराष्ट्रिय क्षेत्रमा नेपाली चलचित्रका दर्शकहरुको भावना वुझ्न निर्माणाधिन नेपाली चलचित्र “चमेलीको पोइ” का निर्देशक वैदेशिक यात्रामा पुगेका छन् । नेपालका साथै विदेशमासमेत प्रदर्शनका लागि सो चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहरा यतिखेर अमेरिका पुगेका छन् । अमेरिकाको विभिन्न शहर पुगेर उनले नेपाली चलचित्रको अवस्था र दर्शकहरुको प्रतिक्रियाका लागि अन्र्तक्रियासमेत गरिरहेका छन् ।

उनले छोटो समयमै निर्धारित दायराभित्र रहेर “चमेलीको पोइ” तयार गरिएको वताए । यसको सवै कार्य सम्पन्न भएर अव प्रदर्शनका लागि तयारी हालतमा रहेको निर्देशक बोहराको भनाई छ । चलचित्रको प्रिप्रमोसनका लागि अमेरिकाको सिकागो पुगेका उनले नेपाली चलचित्रको अवस्था र यसको प्रवद्र्धनका लागि दर्शकहरुसंग अन्र्तक्रिया गरिरहेका छन् ।

देशको अवस्था दर्शक अनुकुल हुने वित्तिकै आफ्नो चलचित्र प्रदर्शन गरिने उनले वताए । यसको विशेष प्रचारप्रसारको यात्रामा सहजताका लागि “चमेलीको पोइ”का निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटाले यतिखेरै नयां बाहन(गाडी) खरिद गरेका छन् । चलचित्र प्रदर्शनको पुर्वसन्ध्यामा किन गाडी खरिद गरेको? भन्ने प्रश्नमा निर्माता रामनारायण उपाध्यायले आफ्नो चलचित्र राम्रो वनेको, निर्माणकै समयमा सवैतीरवाट प्रोत्साहन आइरहेको र चलचित्र भनेकै समय र तोकिएकै निर्धारित वजेटको दायराभित्र वनेको, यसलाई सवैतीरवाट सकारात्मक प्रतिक्रिया आइरहेको कारण चलचित्रको प्रदर्शनको प्रमोसनका लागि नयां गाडी खरिद गरिएको प्रतिक्रिया दिएका छन् ।

निर्माता उपाध्यायले नेपालमा धेरै चलचित्र निर्माणमा हात हाल्ने परिपाटी रहेको उल्लेख गर्दै कतिपय चलचित्र वजेट भन्दा माथि पुग्ने, कतिपय चलचित्र वजेट नपुगेर अपुरै रहने कारण निर्मातालाई धेरै आर्थिक भार पर्ने अवस्थामा आफ्नो चलचित्रमा निर्देशक एभरेष्ट सुर्य बोहराले पहिले भनेकै वजेट र भनेकै अवधिमा चलचित्रको छायांकन, प्रोडक्सन र निर्माण सम्पन्न भएकोमा निकै खुसी लागेको वताए । उनले आफुले यस चलचित्रपछि अर्को चलचित्रसमेत वनाउने वताए । चलचित्र प्रदर्शनको लागि तयारी अवस्थामा रहंदा शुभचिन्तक, सरोकारवाला तथा प्राविधिक पक्षले आफ्नो चलचित्र “चमेलीको पोइ” राम्रो वनेको प्रतिक्रिया दिएका कारण निर्माताद्वय उपाध्याय र सापकोटाको जोडीको खुसी चुलिएको छ ।

सोचेकै वजेटमा चलचित्र तयार भएको र प्रि प्रमोसनका लागि आफुहरुले एउटा नयां गाडी यसै वेला खरिद गरेको उनीहरुले खुलासा गरेका छन् । निर्माता उपाध्याय दम्पत्तिले चलचित्रको प्रमोसनका लागि ६२ लाख रुपैया मुल्य रहेको दिपल एसओ फाइभ म्याक्स गाडी खरिद गरेका हुन् । यसवाट चलचित्रको प्रचारप्रसारमा सहजता आउने निर्माताद्वयको भनाई छ ।

हामी “चमेलीको पोइ”का लेखक, निर्देशक बोहराद्वारा चलचित्र निर्माणको दौरानमा भएको विभिन्न सुझवुझ, अनुभवी कार्यप्रति निकै खुसी छौं, अव चलचित्रलाई अमेरिकाका साथै भारतको विभिन्न शहरहरु उत्तराखण्ड, दार्जिलिङ, विहार, हिमान्चल, झारखण्डमासमेत प्रदर्शन गरिने तयारी र व्यवस्थापन कार्य सुरु भएको निर्माता रामनारायण उपाध्यायले वताए । उनका अनुसार चलचित्रको प्रमोसनकै लागि निर्देशक बोहरा अमेरिका पुगेका हुन् । निर्माता उपाध्यायाले सामाजिक विषयवस्तुलाई जरैदेखि समातेको उक्त चलचित्रको मुल जरो आफुलाई मन परेरै चलचित्र निर्माण क्षेत्रमा आफुले हात हालेको वताए ।

निर्देशक बोहराको नेतृत्वको आफ्नो टिमले चलचित्रको वजार वुझेर, भगवानरुपि दर्शकहरुको मन जांचेरै आफ्नो पहिलो पटक चलचित्र “चमेलीको पोइ” निर्माण गरेको निर्माता उपाध्यायले वताए । निर्माणाधिन चलचित्र “चमेलीको पोइ“ नेपालको आकर्षक, पर्यटकिय तथा मनमोहक स्थानमा छायांकन गरि प्रदर्शनको तयारीमा रहेको छ । यस चलचित्रमा चर्चित हास्य कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो‘, सुरक्षा पन्त, मुकुन भुषाल, विल्सनविक्रम राई ‘तक्मेवुढा‘, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन ‘हात्ति‘, बबिन राई ‘गल्फने‘ खड्गबहादुर पुन, उमेश राई ‘फुलन्देकी आमा‘, रजनी गुरुङ, सुनीता सापकोटा, मीना शाही, अनुश्का नारायण, मिरा गौतम, अनील गुरुङ, गणेश गौतम, ऋतु मल्लठकुरी , धनलक्ष्मी बोहरा, मिना आर एल शाही ठकुरी, प्रकाश कंडेल, बिनोद बज्राचार्य, कपिल आचार्य, प्रदीपकुमार सापकोटा, सुनीता सापकोटा, रामनारायण उपाध्यायलगायतको अभिनय रहेको छ ।

लामो समयपछि चर्चित हास्य कलाकार नारायण त्रिपाठीले यसै चलचित्रमार्फत चलचित्रमा कमव्याक गरेको निर्देशक एभरेष्ट सुर्य बोहराले जानकारी दिए । चलचित्र चमेलीको पोइको कथावस्तु हास्य जानरा र सस्पेन्स रहेको छ । चमेलीको पोइको पटकथा तथा सम्वाद लेखनमा शिवम अधिकारीले सहकार्य गरेका छन् ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्यायले लगानी गरेका छन् । यस चलचित्रको कार्यकारी निर्मातामा उदयविक्रम राणा र ऋतु मल्लठकुरी तथा चलचित्रको सहायक निर्मातामा धनलक्ष्मी बोहरा रहेका छन् ।
“चमेलीको पोइ“ को सहनिर्मातामा यम ओली, सुदीप कुवर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य, प्रदीपकुमार सापकोटा छन् । यस चलचित्रको लेखन निर्देशक बोहराले नै गरेका हुन् ।












































