आश्रित वृद्धवृद्धाहरुलाई न्यानो सामग्री

– ३९ जनालाई हस्तान्तरण
लोकखबर
२०८२ माघ ३, शनिबार २२:५३

बिदुर– नुवाकोटको देवीघाटमा रहेको एक वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई न्यानो सामग्रीहरु प्रदान गरिएको छ । विदुर नगरपालिका ५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्ध बाआमाहरुलाई एक जना युवकले आफ्नो जन्मदिनका उपलक्ष्यमा न्यानो सामग्रीहरु प्रदान गरेका हुन् ।

बिदुर नपा ५ पिपलटारका ४६ वर्षिय कृष्णप्रसाद भट्टले आफ्नो जन्मदिनको अवसरमा शनिवार उक्त वृद्धाश्रम पुगेर ३९ जना वृद्ध बा आमालाई पछ्यौरा, ट्रयाकसुट, ओढ्ने सामग्रीहरु हस्तान्तरण गरेका हुन् । यसवाट वृद्ध बाआमाहरु निकै खुसी भएका छन् ।

वृद्ध बाआमाहरुलाई युवक भट्टका साथै देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाल, समाजिक अगुवा रामकृष्ण भट्ट, विदुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष सन्जिवहादुर श्रेष्ठ, लायन्स क्लवका पदाधिकारी तथा सदस्यहरुले न्यानो सामग्री हस्तान्तरण गरेका हुन् । जन्मदिनमा नयानो सामग्री हस्तान्तरण गर्दै युवक कृष्णप्रसाद भट्टले वृद्ध अवस्थामा रहेका बाआमाहरुका लागि जाडोमा न्यानोका लागि आफुले सामाजिक भावनाले सानो सहयोग गरेको वताए ।


सर्वाधिक रुचाइएको