बाबुछोरा हिरासतमा

– ज्यान सम्वन्धि कसुरमा अदालतबाट म्याद थप
लोकखबर
२०८२ माघ १४, बुधबार २२:५५

बिदुर – नुवाकोटको उत्तरी भेगमा रहेको घ्याङफेदीमा एक युवकको हत्या भएपछि प्रहरीले बावुछोरालाई हिरासतमा राखेको छ । प्रहरीले अदालतमा ज्यान समवन्धि कसुरमा अनुसन्धान गर्ने अनुमति पाएको छ ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर दुरी उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका १ स्थित घ्यावरमा मंगलवार राती पौने नौवजे स्थानीय ३५ वर्षिय रणे तामाङको हत्या भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटले छिमेकी बाबुछोरालाई पक्राउ गरि अनुसन्धामनका लागि हिरासतमा राखेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ । उनका अनुसार प्रहरीले स्थानीय ५२ वर्षिय वाङ्दी शेर्पा र उनको छोरा २५ वर्षिय कुन्साङग्याल्जेन शेर्पालाई पक्राउ गरेर नुवाकोट अदालतवाट वुधवार ज्यान सम्वन्धि कसुरमा अनुसनधानका लागि सात दिनको म्याद थप अनुमति पाएको छ ।

छिमेकी वाङ्दी शेर्पाकी आमा विरामी भएपछि झारफुक गर्न गएका रणे तामाङको शेर्पाको घरभित्रै बाबुछोराको आक्रमणमा परेर मृत्यु भएको दुप्चेश्वर १ का वडासदस्य जीतमान तामाङले वताए । मंगलवार राती पौने नौ वजेको समयमा पहिले वाङ्दी र छोरा कुन्साङग्याल्जेन शेर्पाकोवीचमा विवाद र झगडा भएकोमा वावुछोरालाई छुट्टाउन पुगेका छिमेकी युवक रणे तामाङको उनीहरुको आक्रमणमा परि ज्यान गएको वडा सदस्य तामाङले वताए ।

हत्याको जानकारी हुने वित्तिकै जनप्रतिनिधि तथा खरानीटार र समुन्द्रटारवाट प्रहरी घटनास्थल पुगेको छ । शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको