शिक्षकहरुलाई कष्टमाइज प्रशिक्षण

– एकिकृत पाठ्यक्रम सम्वन्धि सचेतना
लोकखबर
२०८२ माघ १८, आईतवार २३:३२

बिदुर– शिक्षकहरुलाई नयां अवधारण अनुसार पठनपाठनमा सरिक गराउने उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्यामा एकिकृत पाठ्यक्रम सम्वन्धि सचेतना प्रदान गरिएको छ । शिक्षकहरुलाई कक्षाकोठामा प्रभावकारी पठनपाठन सम्वन्धि जानकारी प्रदान गरिएको छ ।

पञ्चकन्या गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा रुडेक नेपाल र रुम टु रिडको प्राविधिक सहयोगमा पांच दिने एकीकृत पाठ्यक्रम सम्बन्धि शिक्षकहरुको लागि सन्चालित कस्टमाईज्ड तालिम पन्चकन्यामा सम्पन्न भएको हो । पन्चकन्याका २६ विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेकोमा कक्षा १ देखि ३ सम्म सरकारले लागू गरेको एकिकृत पाठ्यक्रम सम्वन्धि कक्षाकोठामा कार्यान्वयन गर्ने पठनशैलीको वारेमा प्रशिक्षण दिइएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

उनका अनुसार सहभागीहरुलाई एकिकृत पाठ्यक्रमको अवधारणा, विशेषता, क्षेत्र, क्रमिक सिकाइको रणनीति, व्यवहार कुशल सिप, भाषिक तत्वकहरुको अवधारणा र शैक्षिक क्रियाकलापहरु, नयां शैक्षणिक विद्यि र रणनीतिमार्फत कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप सन्चालन गर्ने सिपका सम्वन्धमा सहकर्ताहरु रुडेक नेपालका सन्तोष खनाल र फुर्कु घले, रुम रिडका ओमकुमार श्रेष्ठ, कृष्ण खतिवडा, पालिकाका सुरेश तामाङ, विमला अधिकारी र विक्रम सुनुवारले आवस्यक प्रशिक्षण दिएका थिए । तालिम कार्यक्रमको समापन पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठककेसीलदे समापन गरिन् ।

पन्चकन्या गापाका सामाजिक विकास समिति संयोजक तथा पन्चकन्यां. ३ का वडाध्यक्ष रामबाबु पराजुलीलगायतले तालिमको महत्व र प्रभावकारीताका सम्वन्धमा चर्चा गरेका थिए । कार्यक्रममा सरोकारवाला विद्यालयको शिक्षकहरुकोसमेत सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको