दिवंगत पत्रकार सिटौलाको परिवारलाई सहयोग
बिदुर– नुवाकोटको शिखरवेसी घर भएका दिवंगत चलचित्र पत्रकार दिनेश सिटौलाको परिवारलाई आथिृक सहयोग प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले स्व. सिटौलाको परिवारलाई भेटेर आर्थिक सहयोग गरेको हो । चलचित्र पत्रकारितामा करिब दुई दशकदेखि निरन्तर सक्रिय रहँदै आएका नुवाकोटको दुप्चेश्वर गाउंपालिका ७ सिखरवेसीका ४५ वर्षिय दिनेश सिटौलाको उपचारको क्रममा यहि माघ १८ गते आइतवा काठमाडौँस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा निधन भएको थियो ।

संघका निर्वतमान अध्यक्षसमेत रहेका सिटौलाका परिवारलाई भेटेर संघले एकलाख रुपैया आर्थिक सहयोग प्दान गरेको हो । संघका अध्यक्ष समीर वलालीसहितको पदाधिकारी, सदस्य तथा चलचित्रकर्मीहरुको टोलीले संघकले दुःखमा साथ दिने योजनाअन्र्तगत नगद हस्तान्तरण गरिएको संघका उपाध्यक्ष कुवेर गिरीले जानकार िदिए । स्व. सिटौलाको असामयिक निधनले नेपालको पत्रकारिता र चलचित्र क्षेत्रमा एउटा इमानदार, सरल, असल, मिलनसार योद्धा गुमाएको र चलचित्र पत्रकार संघ नेपाल गहिरो शोकमा डुबेको जनाएको छ ।

सिटौलाको निधनले चलचित्र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको संघले जनाएको छ । स्व. सिटौला पत्रकार मात्र नभई नेपाली चलचित्रको प्रवद्र्धन, विकास र संरक्षणमा क्रियाशील अभियन्तासमेत रहेको संघको भनाई छ । चलचित्र पत्रकारितामार्फत नेपाली चलचित्रको गुणस्तर, पहिचान र पहुँच विस्तार गर्न सिटौलाले गरेको भूमिका अतुलनीय रहनुका साथै संगठन सुदृढीकरण, पत्रकारहरूको हकहित र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने कार्यमा क्रियाशील रहेको संघले जनाएको छ ।

अनुशासन, निष्ठा र मानवीय संवेदनाका प्रतीक स्व. सिटौला सबैसँग सुमधुर सम्बन्ध राख्ने, कसैसँग वैमनस्य नराख्ने, सहकर्मीहरूका अत्यन्त प्रिय व्यक्तित्वको असामयिक निधनले चलचित्र पत्रकारिता तथा नेपाली चलचित्र क्षेत्रले एक समर्पित, भरोसायोग्य र दूरदर्शी व्यक्तित्व गुमाएको संघका अध्यक्ष समीर वलामीद्वारा जारी वक्तव्यमा जनाइएको छ । नेपाल चलचित्र कलाकार संघले पनि दिवंगत पत्रकार सिटौलाप्रति श्रद्दान्जली वयक्त गरेको छ ।

संघका अध्यक्ष मोहन निरौलासहितको टोलीले सिटौलाको काजकिरिया भइरहेको स्थानमा पुगेर सिटौलाप्रति भावपुर्ण श्रद्धान्जली व्यक्त गरेको हो । सुदुरपश्चिम भ्रमणका क्रममा अछाममा पुगेका पत्रकार दिनेश सिटौला अचानक बेहोस नेपाली सेनाको जहाजमार्फत काठमाडौ उपचारका लागि ल्याइएकोमा अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनका परिवारमा पिता, दाजु भाईलगायत छन् ।



















































