विद्यालयमा आधुनिक संरचना निर्माण

– छात्राहरुलाई सुविधा
लोकखबर
२०८२ माघ २४, शनिबार २१:३५

बिदुर– गाउंका विभिन्न विद्यालयमा अध्ययनरत बालिकाहरूको सुविधाका लागि नुवाकोटको दुई गाउ.पालिकाको विद्यालयमा आधुनिक संरचना निर्माण गरिएको छ । यसवाट छात्राहरुलाई सरल तथा सुविधा पुगेको छ ।

छात्राहरुलाई महिनावारी प्रवद्र्धन तथा सुरक्षित अभियान अन्र्तगत दुई वटा विद्यालयमा सुरक्षित र प्रभावकारी संरचनाको निर्माण गरिएको हो । पन्चकन्या गापा ४ थप्रेकस्थित उदय जालपा मावि र दुप्चेश्वर गापा ३ स्थित धनेश्वरी आधारभूत विद्यालयमा छात्राहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन अन्र्तगत आधुनिक र मापदण्ड अनुसारको शौचालयहरू निर्माण गरिएको हो ।

शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा क्रियाशील रुडेक नेपालको प्राविधिक समन्वयमा गुड नेवोर इन्टरनेशनलको सहयोगमा निर्मित चेन्जिङ रुमसहितको आधुनिक शौचालयहरु विद्यालयलाई हस्तान्तरण गरिएको छ । दुवै विद्यालयको उक्त संरचनाहरु कुल ११÷११ लाख रुपैयाको लगानीमा निर्माण गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

उक्त संरचनाको कार्यक्रमकावीच पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठककेसीले हस्तान्तरण गरिन् । उनले उक्त संरचनाले किशोरीहरूको लागि सुविधाका साथै गोपनीयता, मर्यादा र सफा वातावरण सुनिश्चित गर्न सुविधा पुगेको वताइन् ।

यसले छात्राहरुमा महिनावारीसँग सम्बन्धित अनुपस्थिति कम गर्न र नियमित विद्यालय उपस्थितिलाई प्रवद्र्धन गर्न मद्दत गर्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । हस्तान्तरण कार्यक्रममा स्थानीय तहका विभिन्न जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिहरू, शिक्षकहरू, अभिभावकहरू, विद्यार्थीहरू र समुदायका अगुवाहरुको सहभागिता रहेको रुडेक नेपालको जनस्वास्थ्य अधिकृत शर्मिला पण्डितले जानकारी दिइन् ।


सर्वाधिक रुचाइएको