सर्वाधिक राशीको भलिवल प्रतियोगिता सुरु

– गापा अध्यक्षले गरे उद्घाटन
लोकखवर खेल संवाददाता
२०८३ बैशाख ८, मंगलवार २३:१७

बिदुर – भलिवल खेलको विकास र विस्तारका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा सर्वाधिक राशीको भलिवल प्रतियोगिता सन्चालन गरिएको छ । म्यागङ गाउँपालिकाले भलिवल खेलकुदको माध्यमवाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता सन्चालन गरेको हो । प्रतियोगिताको म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले उद्घाटन गरे । उनले भलिवल खेलको विकास, प्रवद्र्धन र खेलाडिहरुको पहिचानका लागि यस प्रतियोगिता गरिएको वताए ।

सो प्रतियोगिताको उपाधि विजेताले भलिवल टिमले सर्वाधिक ३ लाख ३४ हजार ४ सय ४४ रुपैया पुरस्कार प्राप्त गर्ने छ । उक्त “अध्यक्ष कप भलिबल प्रतियोगिताको चौथो संस्करण म्यागङको जलपादेवीस्थित मैदानमा सन्चालन गरिएको हो । उक्त भलिवल प्रतियोगिता यसअघि पनि तीन पटक सन्चालन गरिसकिएको र यस पटक पनि खेल पर्यटन, खेलाडिह पहिचान, सम्वद्र्धन र खेलकुदको विकासका लागि सन्चालन गरिएको म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले जानकारी दिए ।

उनले यसवाट खेलाडिहरुको संरक्षण तथा विकास हुने वताए । बागमती प्रदेश अन्तरपालिका स्तरीय “म्यागङ गाउँपालिका अध्यक्ष कप” पुरुष भलिबल प्रतियोगितामा बागमती प्रदेशका विभिन्न पालिकाहरूको सहभागिता रहेको गापा उपाध्यक्ष सीता वाइवाको भनाई छ । प्रतियोगिता यहि वैशाख १२ गतेसम्म सञ्चालन गरिनेछ ।

खेल बिहान १० बजेदेखि सुरु हुनेछन् भने स्थानीय जालपादेवी मन्दिर खेल मैदानमा सन्चालन भइरहेको छ । प्रतियोगितामा विजेताले विजेताले नगद तीनलाख ३४ हजार चारसय ४४ तथा उपविजेताले नगद दुईलाख २३ हजार तीसय ३३, तृतीय स्थान जित्नेले नगद एकलाख १२ हजार दुईसय २२, सान्त्वना हुनेले नगद ५६ हजार ६ सय ६६ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १२ हजार दुईसय २२, वेष्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट व्लकर र वेष्ट कोचले जनही पांचहजार ६ सय ६६ रुपैया नगद पुरस्कारका साथै ट्रफी पुरस्कार पाउनेछन् ।

विनासकारी भुकम्प गएको वेला उक्त खेल मैदानमा भलिवल खेल प्रतियोगिता भइरहेको स्मरणमा उक्त प्रतियोगिता सन्चालन गरिएको जनाइएको छ । उक्त दिन प्रतियोगिता अवलोकनका लागि खेल मैदानमा स्थानीयवासी पुगेका कारण मानवीय क्षति हुनवाट वचेको स्मरणमा खेलकुदमार्फत स्थानीय स्तरमा खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले युवाहरुको सहभागितालाई जोड दिदै प्रतियोगिता सन्चालन गरिएको आयोजक म्यागङ गापाले जनाएको छ ।


सर्वाधिक रुचाइएको