चापाकोटलाई दुप्चेश्वर कप भलिवलको उपाधि
बिदुर – खेल पर्यटनको उद्धेश्यसहित नुवाकोटको दुप्चेश्वरमा सन्चालित भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चापाकोट नपा उपाधि विजेता भएको छ ।
दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न सातौं दुप्चेश्वर कप राष्ट्रब्यापी अन्तर स्थानीय तहस्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता दुप्चेश्वर धाम परिसरमा तीन दिनसम्म भएको थियो ।

फाइनल खेलमा चापाकोटले शुक्लागण्डकीलाई पराजित गरि उपाधि उचालेको हो । प्रतियोगितामा आयोजक दुप्चेश्वर गापा तृतीय र पन्चकन्या गापा नुवाकोटले सान्त्वना पुरस्कार जितेको छ । विजेता चापाकोटले नगद तीनलाख ३३ हजार तीनसय ३३ रुपैया नगदका साथै कप, मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार जितेको छ ।

उपविजेता शुक्लागण्डकीले नगद दुईलाख २२ हजार दुईसय २२ रुपैया नगदका साथै कप, मेडल, ट्रफि र प्रमाणपत्र, तृतीय स्थान जितेको दुप्चेश्वर गापाले नगद एकलाख ११ हजार एकसय ११ रुपैया नगद तथा सान्तवना भएको पन्चकन्याले नगद ५५ हजार पांचसय ५५ रुपैया नगदका साथै कप, मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा हिमाल थापा सर्वोत्कृष्ट खेलाडिमा पुरस्कृत भए । उनले ११ हजार एकसय ११ रपैया नगद पुरस्कार थापे ।

वेष्ट लिविरो राजन दर्लामीमगर भए, वेष्ट सेटर अशोक मल्लठकुरी, वेष्ट सर्भर प्रवीन सुनार, वेष्ट मिडिल व्लकर अजिवसिंह ठकुरी, उत्कृष्ट स्पाइकर साङ्गेदोर्जे लामा, वेष्ट कोच सुमन केसी पुरस्कृत भए । उक्त विद्याका विजेताहरुले जनही पांचहजार पांचसय ५५ रुपैया पुरस्कार थापे । दुप्चेश्वर–६ स्थित दुप्चेश्वर धाम परिसरमा सम्पन्न सातौँ ‘दुप्चेश्वर कप’ खुल्ला पुरुष भलिबल प्रतियोगिताका विजेता तथा उपविजेतालाई आयोजक दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले पुरस्कार प्रदान गरे ।

उनले रास्ट्रव्यापी अन्तर स्थानीय तह स्तरिय भलिबल प्रतियोगितावाट समाजमा एकता, अनुशासन र स्वस्थ्य प्रतिस्पर्धाको भावना विकास भएको वताए । उनले दुप्चेश्वरमा सन्चालित यस प्रतियोगिताले धार्मिकसंगै खेल पर्यटन प्रवद्र्धन भएकोसमेत वताए । खेल जीवनवाटै मानिसहरुमा सकारात्मक परिवर्तन हुनेसमेत अध्यक्ष थापाले वताए ।
प्रतियोगितामा राष्ट्रिय खेलाडिहरुसहित १० टिमको सहभागिता रहेको आयोजक दुप्चेश्वर गापाले जनाएको छ ।

प्रसिद्ध दुप्चेश्वर धामको प्रवद्र्धन तथा खेलाडिहरुको उत्थानका लागि सातौँ संस्करणको ‘दुप्चेश्वर कप’ राष्ट्रिव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरिएको दुप्चेश्वर गापाले जनाएको छ । उक्त प्रतियोगिता समापन कार्यक्रममा दुप्चेश्वर गापा उपाध्यक्ष माकुरी तामाङ, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधि तथा खेलप्रेमीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगिता खेलकुदमार्फत खेल पर्यटनका साथै सामाजिक सद्भाव, धार्मिक तथा सामाजिक सहिष्णुता र युवामा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता सन्चालन गरिएको हो ।
















































