एक महिनामा १५ जना पक्राउ

– घरेलु हिंशाका ५ वटा उजुरी
लोकखबर
२०८२ चैत्र ५, बिहीबार २३:४८

बिदुर – वितेको एक महिनामा नुवाकोटमा १५ जना प्रतिवादी पक्राउ परेका छन् । घरेलु हिंशाका ५ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहतबाट वितेको फागुन महिनामा चालु मुद्दामा १५ जना प्रतिवादी पक्राउ गरिएको छ ।

फैसला कार्यान्वयनतर्फ फरार प्रतिवादी १२ जना पक्राउ गर्दा कुल ११ महिना १७ दिन को सजाय र १७ हजार ५० रुपैया जरिवाना असुुलउपर भएको प्रहरी निरीक्षक वीरवहादुर वलायरले जानकारी दिए । उनका अनुसार एक महिनामा नुवाकोटमा घरेलु हिंसातर्फ ५ वटा उजुरी दर्ता गरिएको छ । एक महिनामा ठाडो १६ वटा ठाडो उजुरी परेको र ति उजुरीहरु प्रत्यक्ष रुपमा प्रहरी कार्यालयमा परेका १४ वटा फछ्र्याैट भई दुई वटा बाँकी २ वटा फछ्र्याैट हुने प्रकृयामा रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा पुगेका उजुरीहरुको संख्या तीनवटा रहेको र २ वटा फछ्यौंट भएको र एउटा फछ्यौट हुने प्रक्रियामा रहेको छ । प्रहरीले अपराध न्यूनिकरणको लागि अपराध नियन्त्रण कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । यसका साथै अपराधिक घटना बढदो स्थानलाई लक्ष्यित गरी सचेतनामुलक कार्यक्रम संचालन गरिएको, अपराधिक पृष्ठभुमीमा रहेका व्यक्तिहरुको अभिलेख राखी निगरानीमा राखिएको, सुरक्षाको लागि फागुनामा ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

यसका साथै प्रतिनिधि सभा सदस्य निर्वाचन जस्तो.विशेष परिस्थितिमा नेपाल प्रहरीको तर्फबाट नुवाकोटभर आठसय ४० जना प्रहरी जनशक्ति र एकहजार सातसय २९ जना निर्वाचन प्रहरी परिचालन गरी निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


सर्वाधिक रुचाइएको