सकियो ब्रदर एक्सचेन्ज मेला

– उपभोक्ताको आकर्षण
लोकखबर
२०८२ चैत्र ६, शुक्रबार २३:३५

बिदुर – उपभोक्ताहरुको आकर्षणसहित नुवाकोटको बिदुरमा सन्चालित ब्रदरको निःशुल्क सर्भिस तथा एक्सचेन्ज योजना सम्पन्न भएको छ । उपकरणका सेवाग्राहीहरु लाभान्वित भएका छन् । बिदुर नपा २ विदुर लोकतान्त्रिक चौतारोमा रहेको युनिभर्र्सल कम्प्युटर सेन्टरमा तीन दिनसम्म उक्त योजना सन्चालन गरिएको थियो ।

उक्त क्याम्पको मुख्य आकर्षण “एक्सचेन्ज अफर” रहेको सन्चालक नारायणकुमार घलेको भनाई छ । उनका अनुसार सेवाग्राहीले आफ्ना पुराना तथा प्रयोगमा रहेका उपकरण ल्याएर नयाँ उपकरण खरिद गर्दा विशेष छुट प्राप्त गरेका थिए । यसले नयाँ प्रविधि अपनाउन चाहने तर आर्थिक कारणले समस्यामा रहेका उपभोक्ताहरुलाई सुविधा दिएको उनको भनाई छ ।

कतिपय सेवाग्राहीले पुराना प्रिन्टर ल्याएर नयाँ मोडेलका उपकरण खरिद गरेको समेत प्रवन्धक विक्रम आचार्यको भनाई छ । उनका अनुसार पहिलो पटक सेवाग्राहीहरुलाई लक्ष्यित गरि युनिभर्सल कम्प्युटसले माग अनुसार “ब्रदर फ्रि सर्भिस क्याम्प एण्ड एक्सचेन्ज अफर” सम्पन्न गरेको हो । दक्ष प्राविधिक टोलीले उपकरणको अवस्था परीक्षण गरी आवश्यक सल्लाह र समाधान प्रदान गरेको अफर क्याम्पमा स्थानीयवासी, सेवाग्राही र प्रविधि प्रयोगकर्ताको भीड वढेका कारण अफर एक दिन थप गरि तीन दिनसम्म गरिएको थियो ।

सर्वसाधारणले आफ्ना पुराना कम्प्युटर, प्रिन्टरलगायतका उपकरण परिक्षण गराउनुका साथै, नयाँ स्किमबारे जानकारी लिएका थिए । एक्सचेन्ज सुविधाबाट विशेषगरी “ब्रदर” ब्रान्डका उत्पादनहरूका लागि क्याम्प केन्द्रीत रहेको छ । यस वाहेक अन्य ब्रान्डका उपकरण लिएर आएका सेवाग्राहीलाई पनि आवश्यक परामर्श र आवस्यक सहयोग कार्य दिइएको सन्चालकको भनाई छ ।


सर्वाधिक रुचाइएको