खानेपानीको उपकरण वितरण

– उपाध्यक्षले सामग्री हस्तान्तरण गरिन्
लोकखबर
२०८३ कार्तिक २१, शुक्रबार २२:४९

बिदुर – नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुई स्थानीय तहमा समुदायको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत पञ्चकन्या र दुप्चेश्वरमा खानेपानीका सामग्री वितरण गरिएको छ । समुदायको स्वास्थ्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत नुवाकोटको पञ्चकन्या र दुप्चेश्वरमा खानेपानीको लागी आवश्यक सामग्रीहरु बितरण गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रूडेक नेपाल नुवाकोटको सहकार्यमा सञ्चालित कार्यक्रमअन्र्तगत २३ घरपरिवारलाई पन्चकन्या गापाकी उपाध्यक्ष बिमला पाठककेसीले खानेपानीका धारा निर्माण तथा मर्मतका लागि आवश्यक सामग्री वितरण गरिएको हो । कार्यक्रमअन्तर्गत कार्यक्रमअन्र्तगत बालबालिका आबद्ध परिवारलाई लक्ष्यित गरी सिमेन्ट, पानी ट्याङ्की, धारा जडानका सामग्री तथा आवश्यक पाइप हस्तान्तरण गरिएको हो । संस्थाले यसअघि नै उक्त कार्यक्रमअन्तर्गत १६ परिवारलाई घर निर्माण तथा मर्मतका लागि आवश्यक सामग्री वितरण गरिसकेको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

उनका अनुसार १५ परिवारलाई शौचालय निर्माणका लागि आवश्यक सामग्री पनि उपलव्ध गराइसकिएको छ । कार्यक्रमबाट बालबालिका र परिवारका लागि स्वच्छ, सुरक्षित र सहज तथा स्वास्थ्य पारिवारिक वातावरण निर्माणमा सहयोग पुग्नुका साथै घरायसी सरसफाइ तथा स्वच्छता अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठककेसीको भनाई छ ।


सर्वाधिक रुचाइएको