हिमानी ट्रष्टमार्फत राहत

– बाढी पीडितलाई प्रदान
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक २०, बिहीबार २३:१४

बिदुर – सांढे दुई महिना अगाडिको प्रलयकारी बाढीले प्रभावित नुवाकोटसंगै जोडिएको रसुवाका पीडितहरुलाई हिमानी ट्रष्टले विभिन्न सामग्री राहत उपलव्ध गराएको छ । पूर्वयुवराज्ञी हिमानी शाह तथा हिमानी ट्रस्ट परिवार गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित उत्तरगया गाउँपालिकाका पीडितहरुलाई प्रत्यक्ष भेट गरी राहत सामग्री वितरण गरेका हुन् ।

उत्तरगया गापा ५ का बाढीपीडित परिवारहरूलाई राहत वितरण गरिएको हो । पूर्वयुवराज्ञी हिमानी शाह तथा ट्रष्टका टोलीद्वारा राहत वितरण गरिएको हो । हिमानी ट्रस्टकी संरक्षक एवं पूर्वयुवराज्ञी हिमानी शाह तथा उनको परिवार उपस्थित भई पीडित परिवारहरूलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

बाढीका कारण घरबारविहीन तथा समस्यामा परेका परिवारहरूलाई प्रत्यक्ष भेटेर समवेदना तथा सहानुभूति व्यक्त गर्नुका साथै आवश्यक राहत सामग्री उपलब्ध गराएका हुन् । बाढीका कारण घरबारविहीन भई कठिन परिस्थितिमा जीवनयापन गरिरहेका पीडित परिवारलाई भेटेर खाद्यान्न, लत्ताकपडा तथा दैनिक आवस्यकताका सामग्री उपलब्ध गराएका हुन् । विपत्तिकोे समयमा पीडित नागरिकलाई सहयोग गर्नु मानवीय सेवाको महत्वपूर्ण उदाहरण भएको उल्लेख गर्दै स्थानीयले आगामी दिनमा पनि हिमानी ट्रस्टले सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको