वित्तिय साक्षरता सम्वन्धि ¥याली

– वजार परिक्रमा गर्दैै अभियान
लोकखबर
२०८२ चैत्र ६, शुक्रबार २३:५७

बिदुर – आर्थिक क्षेत्रको क्रियाशीलताका लागि नुवाकोटमा वित्तिय साक्षरता सम्वन्धि ¥याली गरिएको छ । बजार क्षेत्रमा नुवाकोटमा रहेका बैंक तथा वित्तिय संस्थाले जनचेतना जगाउंदै प्रभातफेरी गरेको हो । ग्लोबल मनी विक २०२६ को अवसरमा बैंक तथा बित्तिय संस्थाहरुले शुक्रवार नुवाकोटको मुख्य बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका हुन् ।

नुवाकोटमा रहेका बैंक वित्तिय संस्था र बिमा कम्पनीका कर्मचारीहरुले संयुक्त रुपमा प्रभातफेरी गरेका हुन् । बट्टारवजारस्थित नुवाकोट क्याम्पसबाट शुरु भएर संगमचोक, विदुर, लोकतान्त्रिक चौतारो पुगेर पुनः बट्टार वसपार्क हुँदै हावाघरमा पुगेर सम्पन्न भएको हो । नुवाकोटमा वित्तिय सचेतनासंगै स्मार्ट मनि टक्स भन्ने नाराका साथ उक्त कार्यक्रम सप्ताहव्यापी रुपमा नुवाकोटका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले गरिरहेका वैंक तथा वित्तिय कर्मचारी संघ नुवाकोटका अध्यक्ष सुवर्णराज कडेलले जानकारी दिए ।

कार्यक्रममा सहभागिहरुले वित्तीय साक्षरताको अभिबृद्धि गर्ने विभिन्न ब्यानर तथा प्ले कार्ड प्रर्दशन गरेका थिए । ग्लोबल मनी विक अन्र्तगत वित्तिय सचेतना, ¥याली, सामुदायिक उत्तरदायि कार्यक्रमलगायत सन्चालन भइरहेको लक्ष्मी सनराइज वैंकको वट्टार शाखा प्रमुख रामशरण खतिवडाको भनाई छ ।

बालबालिका र युवाहरूमा वित्तिय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । नेपालमा यस अभियानको आयोजन नेपाल राष्ट्र बैंकको संयोजनमा २०१३ देखि गरिँदै आएको हो ।

 


सर्वाधिक रुचाइएको