इदगाहमा मनाए मुस्लिमहरुले इद उलफित्र
बिदुर – नुवाकोटको विभिन्न स्थानमा रहेका मुस्लिम समुदायले शनिवार इदउलफित्र मनाएका छन् । इस्लाम धर्मावलम्बीहरुले नुवाकोटका विभिन्न स्थानमा हसोल्लासपूर्वक इद (इद उल फित्र) पर्व मनाएका हुन् । विभिन्न कार्यक्रमसहित इस्लाम धर्मावलम्बीहरुले आफ्नो मुख्य पर्व इदउल फित्र मनाएका हुन् ।

मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको नुवाकोटमा इदउलफित्रको छुट्टै रौनकसाथ मनाइएको हो । पर्वका अवसरमा इस्लाम धर्मावलम्बीहरुले नजिकैका मस्जिदमा पुगेर नमाज पढी आपसमा शुभकामना साटासाट गरेर सामूहिक रुपमा इद उलफित्र पर्व मनाएका छन् । इद उल फित्रलाई इस्लाम धर्मावलम्बीहरुले दुस्मनहरुसँग समेत शुभकामना साट्ने पर्वका रुपमा लिने गरेका छन् ।

पर्वका अवसरमा विभिन्न स्थानमा रहेका मस्जिदहरुमा नुवाकोटमा रहेका मुस्लिम समुदायको भीड लागेको थियो । हजारौ सर्वसाधारण त्रिशूली वजारस्थित इदगाहमा प्रार्थनाका लागि पुगेका थिए । यसका साथै देवीघाट, रानीपौवावजारलगायतका स्थानमा रहेका स्थानमा पनि मुस्लिम समुदालयले प्रार्थना गर्दै आफ्नो पर्व मनाएका छन् ।

मस्जिदमा उपस्थित भएका इस्लाम धर्मावलम्बीहरुले नमाज पढेपछि गला मिलाएर इद मुबारक भन्दै शुभकामना साटासाट गरेका हुन् । मस्जिद्मा शुभकामना साटासाट गरेपछि घरमा गएर प्रसाद खाई परिवारका सदस्यबीच तीन दिनसम्म खुशीयाली मनाउने चलन रहेको इस्लाम धर्मावलम्बीहरुले बताएका छन् । नुवाकोटको त्रिशूली, देवीघाट लगायतका स्थानका मस्जिदमा सामूहिक प्रार्थना गर्ने र शुभकामना साटासाट गर्नेहरुको भिड लागेको थियो ।

इद पर्वसँगै बसेको व्रतले इश्वर खुसि हुने परिवारमा सुख शान्ति मिल्ने परम्परा र विश्वास रहेको देवीघाटका सकिल खानले वताए । उनले इद पर्वका अवसरमा इस्लाम धर्मावलम्बीहरुले नजिकैका मस्जिदमा पुगेर नमाज पढेर एक आपसमा शुभकामना साटासाट गर्ने इस्लाम धर्मावलम्बीहरुको परम्परा रहेको वताए । मस्जिदमा उपस्थित भएका इस्लाम धर्मावलम्बीहरुले नमाज पढेपछि अंकमाल गर्दै इद मुबारक भन्दै शुभकामना साटासाट गरेका थिए ।

यस पर्वलाई इस्लाम धर्मावलम्बीहरुले दुस्मनहरुसँग समेत शुभकामना साट्ने र घरमा गएर प्रसाद लिएर परिवारका सदस्यबीच खुशीयाली मनाउने चलन रहेको मुस्लिम अगुवाहरु वताउंछन् । उनीहरुले आफ्नो लागि मात्र हैन, देशमा शान्ति, सद्भाव र समृद्धिको पनि कामना पनि गरे । एकआपसमा अंकमाल गर्दै शुभकामना आदनप्रदान गरे ।

धार्मिक विविधता र सद्भावको जिल्लाका रुपमा चिनिएको नुवाकोटमा ईदमा गैरमुस्लिम समुदाय पनि उत्तिकै रमाउने गरेको छ । इदगाहमा प्रार्थना चलिरहादा छेवैमा टेन्ट राखेर हिन्दूहरुले पनि उनीहरुलाई सहयोग गरिरहेका थिए । नुवाकोटमा विभिन्न समुदायका व्यक्तिहरु पनि ईदमा शुभकामना दिन इदगाह पुगेका थिए । पानी पनि नपिएर व्रतपछि मनाइने इदुलउलफित्र मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व हो ।











































