कुलोमा वृद्धको शव फेला

– शव परिक्षण गरि आफन्तको जिम्मा
लोकखबर
२०८२ चैत्र ११, बुधबार ०१:२२

बिदुर- नुवाकोटको पुर्वी भेगमा रहेको महादेवस्थानमा कुलोमा एक वृद्धको शव फेला परेको छ । शवको अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

लिखु गाँउपालिका ६ महादेवस्थानमा स्थानीय ६० वर्षिय केदार धमलाको शव सिंचाई कुलोमा उत्तानो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी घरबाट घाँस काट्न भनि हिडेकोमा सिँचाई गर्न बनाएको कुलोमा पानीमा उत्तानो परी डुबी मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार घटनाको जानकारी पाउने वित्तिकै प्रहरी अधिकृतसहितको टोली घटनास्थल गई शव जाँच प्रकृति मुचुल्कासहित प्रारम्भिक अनुसन्धान कार्य गरी शव त्रिशूली अस्पताल लगि पोष्टमार्टम गरिएको छ । घटनाका सम्वन्धमा अन्य थप अनुसन्धान कार्य भइरहेको छ ।


सर्वाधिक रुचाइएको