रुखले थिच्दा एकको मृत्यु

– दुइ जना घाइते
लोकखबर
२०८२ चैत्र २८, शनिबार ११:१३

बिदुर– रुखले थिचेर नुवाकोटको आलडांडामा एक जनाको ज्यान गएके छ । दुई जना घाइते भएका छन् । बेलकोटगढी नगरपालिका ९ आलडांडामा शनिवार कुटमिरोको रुख काट्ने क्रममा सोही रुखले थिचेर एक जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुई जना घाइते भएका छन् भने उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । रुखले थिचेर स्थानीय ३३ वर्षिय प्रेमवहादुर तामाङको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष दुर्गाप्रसाद गजुरेलले जानकारी दिए । उनका अनुसार उक्त दुर्घटनामा परि संगै काम गरिरहेका बेलकोटगढी १० का ३४ वर्षिय अरुण तामाङ र ३२ वर्षिय माधव भुजेल घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल लगिएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


सर्वाधिक रुचाइएको