तीन गाउंका किसानहरुलाई कृषि उपकरण
बिदुर – नुवाकोटको पन्चकन्याको तीन गाउंका किसानहरुलाई आधुनिक कृषि उपकरणहरु प्रदान गरिएको छ । तरकारी खेति गर्ने कृषकहरुलाई उक्त उपकरणहरु प्रदान गरिएको हो ।

एकीकृत सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत पन्चकन्या गाउँपालिकाको स्याङ्तनटोल, बरुटोल र लामाटोलका २७ जना व्यवसायिक तरकारीखेती गर्ने किसानहरूलाई विभिन्न प्रकारका कृषि उपकरणहरु प्रदान गरिएको हो । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा किसानहरुलाई ति सामग्रीहरु प्रदान गरिएको हो ।

किसानहरुलाई कृषि सामग्रीहरु प्लास्टिक टनेल, स्प्रेयर पम्प, हजारी, गार्डेन पाइप, सिकेचर तथा गुणस्तरीय तरकारी बिउबिजन प्रदान गरिएको हो । किसानहरुलाई रुडेक नेपालको अध्यक्ष मीनकुमार केसी र पञ्चकन्या गाउँपालिका ४ का वडाध्यक्ष सन्च तामाङद्वारा ति सामग्रीहरु हस्तान्तरण गरिएको हो ।












































