धार्मिक पर्यटनका लागि चिम्टेश्वर साहित्य पदयात्रा

– मनका झिल्काहरुको विमोचन, साहित्य रचना बाचन
लोकखबर
२०८३ बैशाख २७, आईतवार ०२:००

बिदुर – साहित्य रचना बाचन गर्दै नुवाकोमा चिम्टेश्वर साहित्य पदयात्रा गरिएको छ । सहभागीहरुले धार्मिक पर्यटनको प्रवद्र्धन गर्दै रचित आआफ्ना रचनाहरु बाचनसमेत गरेका छन् । नुवाकोट साहित्य प्रतिष्ठानद्वारा आयोजित “आठौं साहित्यिक पदयात्रा“ नुवाकोटको बट्टारवाट सुरु भएर धार्मिक, पर्यटकिय सम्पदाहरुको स्थलगत अवलोकन र रचना लेखन, बाचन गर्दै सम्पन्न भएको हो ।

५० जना वढि साहित्यकारप्रेमीहरुको सहभागितामा वेलकोटगढी नगरपालिकाको प्रसिद्ध चिम्टेश्वर मन्दिरमा पुगेर विशेष साहित्यिक कार्यक्रमका साथ समापन भएको होे । कार्यक्रममा पांच जना श्रष्टाहरुद्वारा लिखित संयुक्त संग्रहकोसमेत विमोचन गरिएको छ । श्रीराम श्रेष्ठ, रामकृष्ण अमर, करण घलान, जानुका दाहाल, प्रमिला परिद्वारा लिखित संयुक्त संग्रह मनका झिल्काहरुको विमोचन गरिएको हो ।

नुवाकोटका विभिन्न प्राकृतिक सौन्दर्यका साथै धार्मिक, ऐतिहासिक महत्वका पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार ‘आठौं चिम्टेश्वर साहित्य पदयात्रा–२०८३’ सम्पन्न भएको प्रतिष्ठानका पूर्व अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रमले साहित्य र पर्यटनलाई एकैसाथ जोड्ने लक्ष्यका साथ सन्चालन गरिएको वताए । पदयात्राको क्रममा साहित्यकारहरूले चिम्टेश्वरको उकालो चढ्दै प्रकृतिसँग साक्षात्कार गरिएको छ ।

नुवाकोटको बट्टारवाट वेलकोटगढीको निरन्जना हुदै चिम्टेश्वर पुगेर विशेष साहित्यिक कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरुले आआफ्ना रचना, सिर्जना वाचन गरेका थिए । साहित्यमा रुचि राख्ने श्रष्टा, कवि, गजलकार तथा लेखकहरूको सहभागिता रहेकोे कार्यक्रममा सहभागीहरुले आआफ्ना रचना वाचन गरेका हुन् ।

यस प्रकारको कार्यक्रममा साहित्यनुरागीहरुलाई रचना सिर्जना गर्नसमेत भुमिका खेलेको जनाइएको छ । साहित्यिक कार्यक्रम धार्मिक पर्यटनको अवधारणा अनुसार सन्चालित उक्त पदयात्राले नुवाकोटको आन्तरिक पर्यटनमा समेत सहयोग पु¥याउने विश्वास लिइएको सहभागीहरुले बताए ।


सर्वाधिक रुचाइएको