खोलामा भेटियो दाजुभाईको शव 

हत्या गरेर गाडेको ठहर, फरार व्यक्तिको खोजी जारी
लोकखवर विशेष संवाददाता
२०८३ बैशाख ३०, बुधबार १७:२५

बिदुर – नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा हत्या गरेर खोलामा गाडेको अवस्थामा दुई वटा शव फेला परेको छ । प्रहरीले शंकास्पद फरार व्यक्तिको खोजी गरेको छ ।  म्यागङ गाउँपालिका ४ किम्ताङ र वर्सुन्चेतको सिमानामा रहेको स्थानीय खोलामा वुधवार दिउंसो हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृतकहरु म्यागङ गापा ४ किम्ताङका ३६ वर्षिय सुर्यमान तामाङ र ४३ वर्षिय सोमनाथ तामाङ रहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।  उनका अनुसार मृतकहरु दुवै जना दाजुभाई हुन् । आशंकित व्यक्ति स्थानीय ३५ वर्षिय धने तामाङ फरार रहेकोमा उनको खोजी भइरहेको डिएसपि लामाले वताए  ।

मंगलवार रातीको समयमा स्थानीयवासीले गोली पड्केको जस्तो आवाज सुनेको वताएकाले घटनामा गोली प्रहार भएको आशंका गरिएको नुवाकोट प्रहरीले जनाएको छ । आपसी विवाद हुँदा उक्त घटना भएकोे म्यागङ गापा ४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए । प्रहरी र स्थानीयले आशंका गरेका धने तामाङ भने फरार रहेकाले उनको खोजी भइरहेको छ ।

घटनाको जानकारी पाएलगत्तै विदुरस्थित जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रहरी चौकीवाट प्रहरी टोली घटनास्थल पुगी खोलामा गाडीएको अवस्थामा शव वरामद गरिसकेको छ । मृतकहरु र आशंकित धने निर्माण सम्वन्धि काम गर्दै आएको स्थानीयवासीले वताए । एकाघरका दाजुभाईको हत्या भएपछि सुर्यमान र सोमनाथको गाउंकै शोकमा डुवेको छ  ।


सर्वाधिक रुचाइएको