महिलाहरुलाई सिपमुलक कार्यक्रम
– जुत्ता वनाउने तालिम प्रदान
बिदुर – सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले नुवाकोटको पन्चकन्या गाउंपालिकामा महिलाका लागि सन्चालित सिपमुलक कार्यक्रम समपन्न भएको छ । तालिमा महिलाहरुलाई जुत्ता वनाउने तालिम प्रदान गरिएको छ । महिला सशक्तीकरण र सीप विकास कार्यक्रम अन्तर्गत पञ्चकन्या गापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा सन्चालित ७ दिने जुत्ता बनाउने तालिमको समापन भएको छ ।

पञ्चकन्या गापा १ बानियाटारमा सन्चालित तालिममा सहभागीहरुलाई बैकुण्ठप्रसाद मिश्र र सावित्री रिमालले जुत्ता वनाउने सैद्धान्तिक र प्रयोगात्मक तालिम प्रदान गरेका हुन् । उक्त सिपमुलक तालिममा पञ्चकन्या १ र २ का ३० जना महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले स्थानीय श्रोत र साधानवाट जुत्ता वनाउने सिप सिकेका हुन् ।

















































