चौघडामा वृहत स्वास्थ्य शिविर
– झण्डै चारसयले लिए सेवा
बिदुर– सर्वसाधारणको स्वास्थ्य सेवाका लागि नुवाकोटको चौघडामा स्वास्थय शिविर गरिएको छ । शिविरमा झण्डै चारसय जनाले सेवा लिएका छन् ।

लिखु गाउँपालिकाको आयोजना र ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल धापासी काठमाडौको प्राबिधिक सहयोगमा लिखु गापा ४ चौघडामा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालका विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले क्षेत्रपाल माविमा सम्पन्न नसा सम्बन्धि बृहत् निःशुल्क स्वास्थ्य शिबिरमा तीनसय ८८ जनाले सेवा लिएको लिखु गापाले जनाएको छ ।




















































