कलाकार संघमा केसी विजयी

– तीन वर्षे कार्यकालका लागि नयां नेतृत्व
लोकखवर मनोरन्जन संवाददाता
२०८३ जेष्ठ ४, सोमबार ०३:००

बिदुर – नेपाल चलचित्र कलाकार संघको २१औँ अधिवेशन नयां नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनमा भएको निर्वाचनबाट अध्यक्षमा उत्तम केसी विजयी भएका छन् । कुल खसेको तीनसय ५६ मतमध्ये विजयी केसीले दुई सय १६ मत पाएका थिए ।

उनका प्रतिस्पर्धी सविन श्रेष्ठले एकसय ३२ मत पाए । आगामी चार वर्षे कार्यकालका लागि उपाध्यक्षमा विजयी शिवहरी बैरागीले एकसय ४६ र पुजना प्रधानले एकसय ४४ मत पाए । उपाध्यक्षका उम्मेदवारहरु उद्धव भट्टराईले एकसय ७, डिबि तामाङले २७, पनाह अधिकारीले एकसय ३५ र राजेन्द्र बस्नेतले १८ मत पाए ।

महासचिवमा विजयी सुनील कटवालले एकसय ९५ मत पाए । उनका प्रतिस्पर्धी रामेश्वर बुर्लाकोटीले एकसय २५ मत पाए । सचिबमा विजयी गोपाल ढकाल छन्देले दुईसय १४ मत पाए भने उनका प्रतिस्पर्धी पल्पसा डंगोल चम्सुरीले एकसय १० मत पाइन् । कोषाध्यक्षमा विजयी तेजुला खतिवडाले एकसय ४९ मत पाइन् ।

कोषाध्यक्षका उम्मेदवारहरु पवित्रा आचार्यले एकसय ६, खुश्व खड्काले ५८ मत पाइन् । सहकोषाध्यक्षमा विजयी पवन केसीले एकसय ६१ मत पाए । उनका प्रतिस्पर्धी गीता नेपालले एकसय ५३ मत पाइन् । सदस्यहरुमा १० जना बिजयी भएका छन् ।

सदस्यमा विजयी दमन रुपाखेतीले एकसय ६७ मत, इन्द्रबहादुर लामा (खम्बे)ले एकसय ४५ मत, चन्द्रकला राई (लब्ली संगम) ले एकसय ४४ मत, छुल्ठिम गुरुङले एकसय ३२ मत पाइन् । यस्तै सदस्यमा विजयी नवीनकुमार श्रेष्ठले एकसय २२ मत, जीवन थापाले एकसय २१ मत, सुलेमान शंकर इकुले एकसय १८ मत, चन्द्रकला (मोनीका) दाहालले एकसय १३ मत, श्रीदेव भट्टराईले एकसय १३ मत र रश्मि भट्टले एकसय १३ मत पाइन् ।

सदस्य पदका उम्मेदवारहरु प्रेम पाण्डे पुण्यले एकसय ११ मत, नम्रता खरेलले एकसय ६, अनुमती नेपालीले ८९, अशोक धितालले ७४, कोशीस क्षेत्रीले ८१, गोकुल सुवेदीले ७१, दावाफिन्जो तामाङले ६६, धनबहादुर तामाङले ६६, नम्रता योगीले एकसय, मन्जुदेवी तुलाधरले ७१,राजेश गोसाइले ३६, लक्ष्मण चौलागाईले ८८, बिनोदकुमार भट्टराईले ७६ मत पाए । यस्तै सदस्यका उम्मेदवारहरु सरिता राजोपाध्यायले एकसय एक, सामना सिटौलाले ९६, सुपा खनालले एकसय एक, सुमनसागरजंग केसीले ५८ र हरिचन्द्र फुयाँलले ४४ मत पाए ।

नवनिर्वाचित अध्यक्ष उत्तम केसीले संघलाई कलाकारहरुको हितमा क्रियाशील वनाउने वताए । सवैलाई समेटेर कलाकारिता र चलचित्र क्षेत्रमा कार्ययोजनासहित अगाडि वढ्ने अध्यक्ष केसीले वताए ।


सर्वाधिक रुचाइएको