अस्पतालमा नयां डिजिटल सेवा

– सेवालाई प्रविधिमैत्री
लोकखबर
२०८३ श्रावण १५, शुक्रबार ००:१७

बिदुर – ६ दशक भन्दा धेरै समयदेखि विरामीहरुको उपचार गर्दै आइरहेको नुवाकोटको त्रिशूली अस्पतालमा नयाँ डिजिटल सेवा सुरु गरिएको छ । यसवाट उपचार सेवासमेत प्रविधिमैत्री भएको छ । बिदुर नगरपालिका ९ कोलोनी वाघटारमा रहेको त्रिशूली अस्पतालले स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रविधिमैत्री र छिटो र सरल बनाउन नयाँ डिजिटल सेवा सुरु गरिएसंगै महत्वपूर्ण कदम थपिएको छ ।

स्पतालको सोधपुछ केन्द्रमा अटोमेटिक डिजिटल रक्तचाप परिक्षण गर्ने मेसिन सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । उक्त सेवा सामान्य देखिए पनि बिरामीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको उक्त सेवाले विरमीलाई उपचारमा सहजता प्रदान गर्ने अस्पतालका निमित्त प्रमुख डा.राजेज्द्र लामाले जानकारी दिए । उनका अनुसार यसबाट सेवाग्राहीले प्रारम्भिक चरणमै सहज रूपमा रक्तचाप परीक्षण गर्न सक्नेछन् ।

उक्त उपकरणले उपचार प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ । यससंगै प्रविधिमैत्री स्वास्थ्य सेवातर्फ त्रिशूली अस्पतालको खटिरहेको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीको भनाई छ ।


सर्वाधिक रुचाइएको