बिद्यार्थीहरुलाई शैक्षिक सामग्री

– होम कर्नर सहयोग
लोकखवर शिक्षा संवाददाता
२०८३ जेष्ठ ६, बुधबार ००:२०

बिदुर – विद्यार्थीहरुलाई अध्ययनप्रति उत्साहित वनाउने उद्धेश्यले नुवाकोटको पन्चकन्याको मिश्रगाउंको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ । एकैपटक नौ प्रकारका सामग्रीहरु प्रदान गरिएको हो ।

पन्चकन्या गाउँपालिका  २ मिश्रगाउँस्थित कालिका माविका ५५ जना बालबालिकाहरूलाई विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । प्रत्येक बालबालिकालाई घरमै अध्ययनका लागि उपयुक्त वातावरण सिर्जना गर्न पढ्ने टेबुल, पुस्तक राख्ने ¥याक, कुशन र किताब, कपि, पेन, विद्यालय पोसाक, जुत्ता, मोजालगायत नौ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको व्यवस्थापनमा सन्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत सञ्चालित “ होम कर्नर सहयोग” कार्यक्रम मार्फत पन्चकन्या गापाकी उपाध्यक्ष बिमला केसीले मंगलवार विद्यार्थीहरुलाई ति सामग्रीहरु हस्तान्तरण गरिन् । उनले यसवाट विद्यार्थीहरुमा शैक्षिक विकासको लागि सहयोगसिद्ध भएको वताइन् ।


सर्वाधिक रुचाइएको