‘जनप्रतिनिधिसंग विद्यार्थी’ कार्यक्रम

– बिद्यार्थीसंग प्रत्यक्ष सम्वाद
लोकखवर शिक्षा संवाददाता
२०८३ जेष्ठ १५, शुक्रबार ००:२५

बिदुर –  विद्यार्थीहरुसंग प्रत्यक्ष सम्वाद गर्दै नुवाकोटको बिदुरमा ‘जनप्रतिनिधिसंग विद्यार्थी’ कार्यक्रम गरिएको छ । यसवाट जनप्रतिनिधिहरुले विद्यार्थीका समस्या टोलमै पुगेर सुनेका हुन् । विदुर नगरपालिकाको आयोजनामा विदुर नपा–५ देवीघाटमा पहिलो चरणको ‘जनप्रतिनिधिसंग विद्यार्थी’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मेयर राजन श्रेष्ठले नुवाकोटको विदुर नपाको शिक्षामा परिवर्तनका लागि विभिन्न कार्यहरु भइरहेको वताए । उनले शिक्षालाई अव समयानकुल वनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बिदुर ३, ५ तथा १२ का विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीसंग शैक्षिक क्षेत्रसंग सम्बन्धित सुझाब, गुनासो राय, प्रतिक्रिया संकलन एंव राम्रा पक्ष तथा सुधार एंव परिमार्जन गर्नुपर्ने विषयमा प्रत्यक्ष साक्षात्कार गरिएको हो ।

कार्यक्रममा उपमेयर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, सामाजिक विकास समितिका संयोजक बिदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, बिदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, शिक्षा शाखामा आबद्ध कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक, विद्यार्थी, अभिभावकलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मेयर श्रेष्ठले बिदुर नगरभित्रका विद्यालयलाई आगामी आर्थिक वर्षमा नगद अनुदान दिने वताए ।

उनले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि, विद्यालयको भौतिक तथा शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षाको विकास तथा बिद्यार्थीको नयां भविष्यका लागि आगामी बजेटमार्फत अनुदान व्यवस्था गरिने वताएका हुन् । विद्यार्थीमैत्री वातावरण निर्माण, शैक्षिक पहुँच विस्तार तथा सामुदायिक एवं संस्थागत विद्यालयहरूको समग्र विकासलाई प्राथमिकतामा राख्दै नगरपालिका अघि बढिरहेको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा विद्यार्थीका प्रमुख गुनासो, राय तथा सुझाब स.कलन, माध्यमिक तहमा दिवा खाजा कार्यक्रमको आवश्यकता, कम्प्युटर तथा विज्ञान प्रयोगशालाको अभाव, व्यवस्थित खेलमैदानको माग, विद्यालय बस सेवा अपुग भएको गुनासो, विद्यार्थी संख्याअनुसार शिक्षक दरबन्दीको कमी, विद्यार्थीहरूले गुणस्तरीय शिक्षा र पूर्वाधार सुधारमा जोड दिएका छन् । सोही कार्यक्रममा बिदुर नपाी उपमेयर प्रभा वोगटीले शैक्षिक प्रगतिको लागि निरन्तर मेहनत आवश्यक रहेको औंल्याउंदौं शैक्षिक प्रगति र सफलता हासिल गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता अत्यन्त आवश्यक हुने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेलले सफलता एकैदिनमा प्राप्त नहुने वताउंदे त्यसका लागि निरन्तर अभ्यास, धैर्यता र मेहनत आवश्यकता हुनुपर्ने वताए । उनले विद्यार्थीहरूलाई लक्ष्यप्रति केन्द्रीत भएर अघि बढ्न प्रेरित गर्दै शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यले मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने उल्लेख गर्दै सकारात्मक शैक्षिक वातावरण निर्माणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

 


सर्वाधिक रुचाइएको