बिशेषज्ञ उपचार सेवावाट लाभान्वित
बिदुर – आम सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले नुवाकोटको त्रिशूलीमा विशेषज्ञ उपचार सेवा सन्चालन गरिएको छ । यसवाट सर्वसाधारणले विशेषज्ञ चिकित्सकमार्फत सेवा पाएका छन् । त्रिशूली अस्पतालमा शनिवार गरिएको विशेषज्ञ सेवा अन्तर्गत छालारोग, वालरोग तथा नाक, कान, घाँटीतर्फका विरामीहरुले सेवा लिएको अस्पतालले जनाएको छ ।

जसमध्ये छालारोग अन्र्तगत ८३ जना बालरोग अन्तर्गत ३८ जना, नाक, कान, घाँटी अन्तर्गत ३५ जना उक्त सेवा बाट लाभान्वित भएको अस्पतालका प्मुख डा. राजेन्द्र लामाले जानकारी दिए । त्रिशूली अस्पतालमा विशेष प्रभावकारी स्वास्थय सेवाहरु प्रदान गर्ने कार्य गरिदै आएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले वताए । उनका अनुसार उक्त अस्पतालमा नुवाकोट, रसुवाका साथै धादिङको उत्तरी भेगका सर्वसाधारण उपचारका लागि आउने गरेका छन् ।

बिरामीहरूले चिकित्सकिय सेवा पाएर लाभान्वित भएका छन् । त्रिशूली अस्पतालमा नुवाकोट, रसुवाका साथै धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार हुदै आएको छ ।













































