बिद्यालयलाई आधुनिक शैक्षिक सामग्री

– आधुनिक प्रोजेक्टर र कितावहरु प्रदान
लोकखवर शिक्षा संवाददाता
२०८३ जेष्ठ १८, सोमबार ०१:१९

बिदुर – नुवाकोटको तारुकास्थित एक विद्यालयलाई सोही विद्यालयका पुर्व विद्यार्थीहरुले शैक्षिक सामग्री सहयोग गरेका छन् । यसवाट विद्यालयमा आधुनिक शिक्षा सन्चालनमा मद्धत पुगेको छ ।

तारकेश्वर गाउंपालिका २ तारुकास्थित श्रीकृष्ण माविलाई सोही विद्यालयका पुर्व विद्यार्थीहरुद्वारा गठित पूर्णमान मेमोरियल ट्रस्टद्वारा आधुनिक उपकरण हस्तान्तरण गरेको हो । विद्यालयमा आइतवार ट्रष्टका संरक्षक कृष्णमाया श्रेष्ठ, अध्यक्ष हरि श्रेष्ठ, सल्लाहकार युवराज श्रेष्ठ, सदस्यहरु लक्ष्मी श्रेष्ठ, यशोदा श्रेष्ठलगायतले आइसिटी र शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

तारकेश्वर २ का वडाध्यक्ष शिवप्रसाद पनेरु, विद्यालयका प्रधानाध्यापक जनकमान प्रधानलाई पुर्व विद्यार्थीहरु तथा ट्रस्टका पदाधिकारीहरुले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् । शैक्षिक सहयोगलाई निरन्तरता दिइने ट्रष्टका अध्यक्ष हरि श्रेष्ठले वताए ।


सर्वाधिक रुचाइएको