अशक्तलाई सहायक सामग्री
बिदुर – शारिरिक रुपमा अशक्त नुवाकोटकी एक जना महिलालाई सहायक सामग्री प्रदान गरिएको छ । यसवाट अशक्तलाई सुविधा पुगेको छ । विदुर नगरपालिका ५ की शारिरिक रुपमा अशक्त रहेकी जयन्ति माझी हिडडुल गर्नको लागी सहज बनाउन विदुर नगरपालिका कार्यालयको तर्फबाट एक थान आधुनिक ह्वीलचेयर प्रदान गरिएको हो ।
मेयर राजन श्रेष्ठले अशक्त माझीको परिवारलाई उक्त सहायक सामग्री हस्तान्तरण गरेका हुन् । मेयर श्रेष्ठले शारिरिक रुपमा पूर्ण अशक्त रहेकी माझीलाई उपलब्ध गराइएको उक्त सहायक सामग्रीबाट आवतजावत तथा शौचालयको लागी सहयोग पुगेको छ ।

बिदुर नपाले स्वास्थ्यमा गम्भीर समस्या भई आउजाउ तथा हिडडुल गर्न नसक्ने व्यक्ति, ज्येष्ठ नागरिक, शारिरिक रुपमा पूर्ण अशक्त रहेका नगरबासीलाई आवश्यकता अनुसार विभिन्न स्वास्थ्य सहायता सामग्रीहरु उपलब्ध गराउदै आएकाले अति आवश्यक भएका व्यक्तिहरुलाई लाभ लिनको लागी मेयर श्रेष्ठले अनुरोध गरेका छन् ।











































