भीरमा लडेर युवकको मृत्यु
– एक दिनपछि शव फेला
बिदुर – नुवाकोटको पश्चिमी भेगमा रहेको तारकेश्वरमा भीरवाट लडेर एक युवकको ज्यान गएको छ । खेतिपातीमा मेला भर्न गएका युवक हराइरहेकोमा एक दिनपछि शव फेला परेको हो । तारकेश्वर गाउँपालिका–१, जन्तरे सिरानटोलका ३८ वर्षिय जीतबहादुर तामाङको भीरवाट खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घरवाट विहीवार खेतिपातीमा मेला भर्न हिडेका तामाङको शव एक दिनपछि शुक्रवार फेला परेको हो । घर नजिकैको भिरालो स्थानमा जीतवहादुरको लडेर मृत्यु भएको प्रहरी उपरिक्षक विपीन रेग्मीले जानकारी दिए । उनका अनुसार मृतकको शव त्रिशूली अस्पतालमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको छ ।
घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घाँस काट्न जाने क्रममा भिरबाट चिप्लिएर लडेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।











































