किस्पाङमा विविध प्रतिभाको खोजी

– नृत्य, चित्रकला र वक्तृत्वकला सम्पन्न
लोकखवर मनोरन्जन संवाददाता
२०८३ असार ६, शनिबार ००:२०

बिदुर – प्रतिभा पहिचान गर्ने उद्धेश्यले नुवाकोटको किस्पाङमा “किस्पाङ प्रतिभाको खोजी कार्यक्रम गरिएको छ । उक्र कार्यक्रमअन्र्तगत नृत्य, चित्रकला र वक्तृत्वकला प्रतियोगिता गरिएको छ । किस्पाङ गाउंपालिका ३ स्थित काहुलेमा विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजित “किस्पाङ प्रतिभाको खोजी कार्यक्रम–२०८३“ अन्र्तगत आयोजित कार्यक्रम नगद पुरस्कार वितरणसहित सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगितात्मक कार्यक्रम किस्पाङ गापा–३ स्थित ऐसेलुभूमे माविको परिसरमा सन्चालन गरिएको थियो । कार्यक्रममा किस्पाङ गापाभित्रका विभिन्न विद्यालयका छात्रछात्राहरूले सामूहिक नृत्य, एकल नृत्य, हाजिरीजवाफ, र चित्रकला विद्यामा सहभागिता जनाएका थिए । प्रतियोगिताका विभिन्न विद्यामा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रतियोगी विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

प्रतियोगिताअन्र्तगत सामूहिक नृत्य विद्यातर्फ स्थानीय कला र संस्कृति झल्कने उक्त विद्यामा प्रतिस्पर्धी विद्यालयहरूलाई उछिन्दै किस्पाङ–३ स्थित किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम भएको छ । ऐसेलु भूमे मावि (किस्पाङ–३) ले द्वितीय स्थान हासिल ग¥यो । पञ्चलिङ्गे मावि (किस्पाङ–३) ले तृतीय स्थानमा चित्त बुझायो । उनीहरुले क्रमशः नगद नौ, सात र पांच हजार पुरस्कार थापे ।

एकल नृत्य विद्यातर्फ विद्यार्थीहरूको व्यक्तिगत नृत्य कौशल प्रदर्शन गरिएको उक्त विद्यामा ऐसेलुभूमे माविका लुइस तामाङ प्रथम भइन् । साल्मे मावि (किस्पाङ–४) की पवित्रा विक द्वितीय र होली भिजन बोर्डिङ स्कुल (किस्पाङ–३) की रुबी तामाङ तृतीय हुन सफल भइन् । उनीहरुले क्रमशः नगद पांच, चार र तीन हजार पुरस्कार र प्रमाणपत्र पाए । वक्तृत्वकला प्रतियोगितातर्फ विद्यार्थीहरूको वाक क्षमता मापन गर्ने उद्देश्यले गरिएको वक्तृत्वकला प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय (किस्पाङ–३) की राधिका रैला प्रथम भइन् ।

ज्ञानज्योति मावि (किस्पाङ–२) की पूजा तामाङले द्वितीय स्थान हासिल गरिन् । साल्मे मावि (किस्पाङ–४) की पवित्रा विकले तृतीय स्थान जितिन् । उनीहरुले क्रमशः नगद १०, आठ र ६ हजार पुरस्कार र प्रमाणपत्र पाए ।  चित्रकला प्रतियोगितातर्फ विद्यार्थीहरूको रचनात्मकता र कला प्रस्फुटन गराउने चित्रकला प्रतियोगितालाई दुई तहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।

आधारभूत तहतर्फ पञ्चलिङ्गे मावि (किस्पाङ–३) की सरस्वती घले प्रथम भइन् । जल्जुु खोला मावि (किस्पाङ–१) का मनिष घले द्वितीय र ज्ञानज्योति मावि (किस्पाङ–२) की संजिता तामाङले तृतीय स्थान हासिल गरिन् । माद्यामिक तहतर्फ किस्पाङ बहुप्राविधिक शिक्षालय (किस्पाङ–३) की सम्झना गुरुङले प्रथम स्थान सुरक्षित गरिन् ।
ऐसेलुभूमे मावि (किस्पाङ–३) का पाल्देनग्यान्जेन घले द्वितीय र पञ्चलिङ्गे मावि(किस्पाङ–३) की धनुमाया तामाङ तृतीय स्थान प्राप्त गर्न सफल भइन् । दुवै तहतर्फ विजेताहरुले क्रमशः नगद नौ, सात र पांच हजार पुरस्कार र प्रमाणपत्र पाए ।

कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडा, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा प्रमुख सरोज अधिकारीलगायतले पुरस्कार प्रदान गरे । गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेल यस प्रकारका रचनात्मक कार्यक्रमहरूले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको प्रतिभा पहिचान र व्यक्तित्व विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।


सर्वाधिक रुचाइएको