आगलागीबाट लाखौंको क्षति

– पसललगायतका संरचना नष्ट
लोकखबर
२०८३ असार ४, बिहीबार १५:११

बिदुर – नुवाकोटको शान्तिबजारमा रहेको पसलमा आगलागी भएको छ । आगलागीमा पसललगायतका संरचना जलेर नष्ट भएको छ । किस्पाङ गाउँपालिका–५ स्थित विपना घलेको घरमा रहेको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आगलागीबाट पसलका सम्पूर्ण समानहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगजनीवाट ६६ लाख ३५ हजार एकसय ८० रुपैया वरावरको विभिन्न उपकरण, कस्मेटिकलगायतका व्यापारिक सामग्रीहरू तथा नगद नौलाख ७५ हजार पांचसय रुपैया जलेर नष्ट भएको घरधनीले जाहेरी दिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

मोबाइल एण्ड कस्मेटिक पसलमा राती सांढे ११ बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएपछि स्थानीयवासी, सुरक्षाकर्मी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण पसलघरका दुईवटा सटर पूर्ण रूपमा क्षति भएको छ । प्रहरीले क्षति भएको पसल घरको विवरण संकलन गरिरहेको छ ।


सर्वाधिक रुचाइएको