पहिरो नियन्त्रणको कार्य सुरु

– जनप्रतिनिधिद्वारा स्थलगत अनुगमन
लोकखवर विशेष संवाददाता
२०८३ असार ६, शनिबार ००:४६

बिदुर – नुवाकोटमा पहिरो नियन्त्रणको कार्य सुरु गरिएको छ । स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिको टोलीले पहिरोग्रस्त स्थलको अनुगमन गरेको हो ।

विदुर नगरपालिका ८ केउरिनी स्थित खात्रे खोलामा तीन दशकदेखि गएको पहिरो नियन्त्रण हुन नसक्दा मानव वस्ती नै जोखिममा परेको छ । उक्त सुख्खा पहिरोको उच्च जोखिमको नियन्त्रण, व्यवस्थापन तथा जोखिम बस्तीका घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरणको लागी आवस्यक कार्य सुरु भएको छ ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, बागमती प्रदेश सभा प्रदेश मामिला समिति अन्तर्गत गठित “विपद जोखिमयुक्त क्षेत्र अनुगमन उपसमिति” की संयोजक कुमारी स्याङताङसहित समितिका सदस्यहरुलगायतले पहिरोग्रस्त क्षेको स्थलगत अवलोकन गरेका हुन् । उनीहरुले पहिरोको नियन्त्रण आवस्यक रहेको वताए ।

उक्त स्थानको पहिरो लगातार झरिरहंदा स्थानीयवासी चिन्तित हुदै आइरहेका छन् । उनीहरुले पहिरो नियन्त्रणको लागि प्रभावकारी कार्यको माग गरिरहेको मेयर राजन श्रेष्ठले वताए ।


सर्वाधिक रुचाइएको