विद्यालय परिसरमा मदिरा र सुर्तिजन्य सामग्रीमा रोक

– सुर्यगढी गापाद्वारा विद्यालयहरुलाई निर्देशन
लोकखबर
२०८३ असार २६, शुक्रबार १३:४१

बिदुर – नुवाकोटको उत्तरी भेगमा रहेको सूर्यगढी गाउपालिकाले सम्पुर्ण विद्यालय परिसरभित्र मदिरा र सुर्तिजन्य पदार्थमा रोक लगाएको छ । सवै विद्यालयहरुलाई निर्देशन दिदै सुर्यगढी गापाले सो परिपत्र गरेको हो ।

 

जिल्ला प्रशासन कार्यालय नुवाकोटको यही असार २३ गतेको पत्र अनुसार विद्यालय परिसरमा १८ वर्ष उमेर पुरा नभएका बालवालिकाहरुलाई सुर्तिजन्य र मदिराजन्य पदार्थको विक्रि–वितरण नगर्न निर्देशन गरिएको प्रमुख प्रशासकिय अधिकृत शैलेशकिरण राइचाम्लिङद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । साथै विद्यानलय परिसरभित्र सुर्तिजन्य र मदिराजन्य पदार्थको विक्रि–वितरण नगर्न/नगराउन सुर्यगढी गापाका सम्पुर्ण विद्यालयहरुलाई सूचित गरिएको गापाले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको