शोध समिक्षा कार्यक्रममा सम्मान
बिदुर – शिक्षाप्रेमी तथा पूर्व सांसद स्व. गणेश पण्डितको जन्मजयन्तीका अवसरमा शोध समिक्षा कार्यक्रम गरिएको छ । कार्यक्रममा सम्मानसमेत गरिएको छ । पूर्व सांसद, वामपन्थी नेता एवं शिक्षासेवी स्व. गणेश पण्डितको ८० औँ जन्मजयन्तीको अवसरमा शोध समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । गणेश पण्डित स्मृति केन्द्र नुवाकोटको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रा. डा. सुधा त्रिपाठीले स्व. पण्डितले गर्नुभएको शिक्षा, विकास तथा परिवर्तनको योगदानको स्मरण गर्दै पण्डितलाई सदा नेपालीजनले स्मरण गरिरहने वताइन् ।

सो कार्यक्रममा दुईवटा शोधपत्र प्रस्तुत गरिएका थिए । कमला महतद्वारा तयार पारिएको ’कौलापानी कविता सङ्ग्रहका कवितामा समाजवादी यथार्थवाद’ विषयक शोधपत्रमाथि उप–प्राध्यापक ऋषिराम खनाल र नारायण नेपालद्वारा तयार पारिएको ’नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डितः एक अध्ययन’ विषयक शोधपत्रमाथि नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले समीक्षा गरेका हुन् । उक्त कार्यक्रममा सोधार्थी कमला महत र नारायण नेपाललाई सम्मानित गरिएको हो ।आयोजक तथा कार्यक्रमका प्रमुख अतिथीले महत र नेपाललाई दोसल्ला ओढाउनुका साथै नगदद्वारा पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा वक्ताहरूले नुवाकोटको दुप्चेश्वर गाउंपालिका शिखरबेशी घर भएका नेता पण्डितले राष्ट्रिय राजनीति र समाजसेवामा पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए । शोध समीक्षा एवं सम्मान कार्यक्रमका प्रमुख अतिथि डा. सुधा त्रिपाठी सम्मानित सोधार्थी कमला महत, नारायण नेपाल, समिक्षक लेखनाथ न्यौपाने, सिमाविद रतन भण्डारी, उत्तम अधिकारी, रामेश्वर अधिकारी, बलराम फुयाँल, प्रभुनारायण बस्नेत, प्रा. डा. विष्णु दाहाल, प्रा. डा. रामेश्वर अधिकारी, रामप्रसाद प्याकुरेल, ध्रुवप्रसाद मिश्र, तथा दलहरुमध्ये नेपाली कांग्रेसका उपेन्द्र कुइकेल, नेकपा एमालेका बलराम आचार्य, नेकपाका बसन्त वस्नेत, नेकपा क्रान्तिकारीका सुदर्शन भण्डारीलगायतले स्व. पण्डितको योगदानको स्मरण गरेका थिए ।

सोही कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष कुमार पण्डित, संरक्षक सावित्री पण्डित तथा राजकुमार पण्डित, शम्भुप्रसाद अधिकारी, सोमवहादुर घले, शंकरवहादुर पण्डित, नवराज थापा, कमल न्यौपाने, केपी लामिछाने, उपेन्द्र खनाल, मोदप्रसाद रिजाल, नवराज ओझा, हरि अधिकारी, प्रेमवहादुर तामाङ, रामवावु पराजुरली, भेषराज ढकाल, सुदर्शन भण्डारी, गणेश पाण्डे, तारावहादुर थापा, वैरागी जेठा, अर्जुन थापा, उत्तम कणेल, मणिकुमार गौतम, कृष्ण रानालगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

















































