कांग्रेसको अधिवेसन दोश्रो पटक स्थगित

– मंसिर ६ गते जिल्ला अधिवेसन
लोकखबर
२०८३ कार्तिक २८, शुक्रबार २१:१८

बिदुर – फरक मत राख्दै आएको नेपाली कांग्रेसको नियमित महाधिवेसन पक्षको जिल्ला अधिवेशन दोश्रो पटक स्थगित गरेको छ । सो पक्षले आइतवार तय गरेको जिल्ला अधिवेसन शुक्रवार एक साता पछि सारेको हो । कांग्रेसको नियमित महाधिवेसन पक्षको नुवाकोट जिल्ला अधिवेशनको नयाँ मिति तय गरेको छ ।

यसअघि यहि कार्तिक २९ गतेका लागि निर्धारित अधिवेशन आवश्यक तयारी पूरा नभएको जनाउंदै स्थगित गरिएकोमा आगामी मंसिर ६ गते गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले अधिवेसनको दुई दिन अगाडि शुक्रवार विज्ञप्ति जारी गर्दै अधिवेशनको मिति परिवर्तन भएको जानकारी दिएको हो । संयोजक श्रीराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अधिवेशनलाई व्यवस्थित, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आवश्यक तयारी पूरा गर्न अधिवेसन सारिएको जनाइएको छ ।

यसअघि कात्तिक २९ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिएको थियो । यद्यपि, अधिवेशनसम्बन्धि प्रक्रिया र व्यवस्थापकीय तयारी पूरा नभएपछि नयाँ मिति तय गरिएको हो । कांग्रेसको संगठनात्मक अधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन शनिवार अर्थात् यहि कात्तिक २८ गते हुँदैछ । क्षेत्र नं. २ मा भने क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय तथा सबै पालिका अधिवेशन सम्पन्न भइसकेका छन् ।


सर्वाधिक रुचाइएको