राहत संकलन जारी

– बितरण सुरु
लोकखबर
२०८३ भाद्र १३, शनिबार २३:५७

बिदुर – बाढी प्रभावितहरुका लागि नुवाकोटमा राहत संकलन र वितरण सुरु भएको छ । सरकारी तथा विभिन्न संघसंस्थाले राहत संकलन र वितरण सुरु गरेका हुन् । बाढी प्रभावितहरुका लागि नुवाकोटमा राहत संकलन सुरु भएको छ ।

परिवारको लगत संकलन गरेर खाद्यान्नका साथै लत्ताकपडा तथा केहि सामग्री संकलन र वितरणसमेत हुन थालेको छ । सडकको पहुंच रहेको स्थानमा धमाधम राहत वितरण भइरहेको छ । तर, सडक पहुंच नभएको स्थानमा राहत पुग्न नसकेको पीडितहरु वताउंछन् ।

सोलेवजारमा एकसरो कपडामा बंचेकाहरु रात कटाइरहेका छन् । तर, उनीहरुलाई राहत पुग्न नसकेको रजमान तामाङले बताए ।


सर्वाधिक रुचाइएको