आंखै अगाडि प्रत्यक्ष बाढी, विस्थापन, त्रास र त्रिशूली, ढुंगेको बगर
बिदुर – बिहानको ठिक १० बजेको थियो । जनैपुर्णिमा मेला भर्न जानेहरुको पनि चहलपहल वढेकै थियो । चीनको भोटेकोसी नदी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा पसेर आएको त्यो अकल्पनीय बाढीले १० मिनेटमै सबै तहसनहस पारिदियो । मेरो ससुराली घर ढुंगे हो । मेरी ३७ महिनाकी छोरी मामाघरमा खेल्न र वस्न रुचाउने गरेका कारण विहानै उनलाई मामाघरमा छाडेर वाहिर वजारतीर स्किेकर चिया पिउन मात्र के थालेको थिए । मोवाइलमा एकैपटक वाढी सम्वन्धि जानकारी र टेलिफोन एकैपटक आयो ।
तत्काल ससुराली परिवारमा रहेकी मेरी नावालक छोरी, जेठान, जेठानी भाउजुहरु र दुई जना उहांका साना ६ र १० वर्षिय छोरी छोराको सुरक्षित उद्धार गर्ने सोचाइले मैले मोटरसाइकल आंखै वत्तिएर जसरी हुइकाए । ससुराली घर पुग्नु भन्दा केहि घर वरै उत्तरतफैवाट त्रिशूली खोला दुइसय मिटर माथि आकाशतर्फ वत्तिदै घरवस्ती वढार्दै आएको देखें । हे भगवान अव सम्भजव छैन, मेरी नावालक छोरीसहित ससुराली पपिरवारलाई केहि नहोस भन्दै प्रार्थना गर्दै मानिसहरु भागदौड गर्दै गरेको वीचैमा केहि सेकेण्डको भरमा मैले मोटरसाइकल युटर्न गरे एकसय मिटर दक्षिणतर्फ पुगेपछि पुर्वतर्फको उकालो सांघुरो वाटोमा मोटरसाइकल पु¥याए ।

त्यहांवाट ५० मिटर माथि पुगेपछि ठुलो भीमकाय अजंगको बाढीले ढुंगेवजारका असंख्य घरहरु, कृषि विकास वैंक, कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, पुरानो जिल्ला करागार भवन, बिदुर १ नं. वडा कार्यालयलाई बाढीले आक्रमण गरेको देखे । मानिसहरुको रुवावासी सुरु भयो । मेरो पनि होसहवास उडेजस्तै भयो, सम्हालिदै जेठानलाई फोन गरे पांच वटक लगातार डायल गर्दा वल्ल उहांको फोन लाग्यो, हामी सुरक्षित छौं, तपाई र वहिनी अर्थात (मेरी श्रीमती) सुरक्षित वस्नुस उहांले भनेपछि मन शान्त भयो ।
उहांहरु मुस्किल अर्थात् तीन सेकेण्डको भरमा उत्तरतर्फ भागेर ज्यान जोगाउन सफल हुनुभएको रेछ । अर्थात बाढीको लपेटाले भेट्न खोजेकै बेला उहांहरु भागेर ज्यान जोगाउन सफल हुनुभयो । दुःखको अर्को कुरो मेरो पत्निकी सानीमा अर्थाते सोलेवजार घर भएकी मेरो सानीमा सासु र उहांको चार जनाको परिवार अझै सम्पर्क विहीन छन् । नजिकको आफन्त गुमाउनु पर्दाको पीडासमेत भयानक नै हुने रहेछ ।
त्यसपछि वाढीको फोटो र भिडियो खिच्न थाले । बाढी वढ्दै थियो । हेर्दाहदै १० मिनेटमै वजार वगर वनाइदियो । अझै पांच मिनेट वाढी सोही सफतारमा आएको भए धेरै क्षति गर्ने थियो । बाढी घट्दै गयो । त्यसवेला नुवाकोट हुदै गोसाइकुण्ड मेला जानेहरु पनि ढुंगे त्रिशूली वजारमा गाडी तथा मोटरसाइकलवाट झरेर खाने खाने तरखरमा रहेका थिए ।

नुवाकोटको त्रिशूली, ढुंगे, देवीघाट, वेत्रावति बजार किनारका बस्तीहरू, शान्तिबजार, सोलेबजार, तुप्चे, ढुङ्गे, सिमचौर, लामीबगैँचा, बुहुनीबेसी, देवीघाट बजार, बुधसिङ घाट, तारुका र कोल्पुटारमा ठूलो क्षति पुग्यो । बाढी मिश्रित नदीले तटबन्ध नाघेर आसपासका १०० देखि ४५० मिटरसम्मका घर, बस्ती, खेतबारी र संरचनाहरू कटान गरी बगर बनाइदियो । बाढी आएको आज चार दिन भइसक्यो । तर, नुवाकोट, रसुवा, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाका प्रभावितहरूको आँखामा निन्द्रा छैन ।
शरिर थकित छ अनि मनभित्र ठुलो तनाव र पीडामा बाढी पीडितहरु रहेका छन् । घर सम्पत्ति बाढीमा सोत्तर झै गुमाएर सुकुम्बासी बनेका बाढी पीडितहरू फेरि भोटेकोसी नदी थुनिएर चीनतर्फ ताल बनेको र त्यो जुनसुकै बेला फुट्न सक्ने खबरले झनै त्रासित छन् । ’अलर्ट’ सूचना आउनेबित्तिकै मानिसहरू आफ्ना लालाबच्चा च्यापेर, एकसरो कपडाको भरमा नदीभन्दा ४००–५०० मिटर माथि जंगलतिर र ६ किलोमिटर टाढा नुवाकोट डाँडातर्फ ज्यान जोगाउन भागदौड गरिरहेका छन् ।
दिनरात नभनी सुरक्षित स्थलतर्फ भागदौड गरिरहेका उनीहरू आफैं त पीडित छँदै छन्, फेरि बाढी आउने त्रासले बाँच्नका लागि तत्काल पुनःस्थापनाको पर्खाइमा छन् ।
ढुङ्गे बजारका नवराज उप्रेतीलाई भेट्दा उनी अझै सम्हालिन सकेका थिएनन् । आँखाभरि आँसु पार्दै उनले भने, “एकैघरमा आफ्नो र दाजु राजकुमार उप्रेतीको परिवार वस्दै आएका थियौं । आफ्नोसहित ढुङ्गे बजारका सयौँ घर एकैपटक बाढीले बगाएको आफ्नै आँखाले देखेँ । तुप्चे सोलेमा रहेकी मेरी सानीआमा र उनको परिवार अझै सम्पर्कविहिन छन् ।

वाढीमा आफ्नो र दाजुको परिवार वचेर दोस्रो जुनी पाएका छौं । तर, अचेल बेलाबेलामा फेरि बाढी आउने सूचना आउँदा लालाबच्चा बोकेर भाग्ने क्रम जारी छ ।“ कतिपयलाई त फेरि बाढी आउने सूचना सामान्य नै लागिसकेको छ भने अधिकांश भने कुन बेला भाग्नुपर्ने हो भनेर त्रासमा छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार घाइते र फसेका मानिसहरूको हेलिकप्टरमार्फत उद्धार गर्ने काम निरन्तर जारी छ । शनिबार बेलुकीसम्म २०० भन्दा बढी उडानमार्फत घाइते तथा सर्वसाधारणको उद्धार गरी विदुरका विभिन्न अस्पताल र थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
उद्धार गरिएका बाढी पीडितहरूलाई नुवाकोटका विभिन्न ८ स्थानमा आश्रयस्थल बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाको तुप्चे, विदुर स्थित बालमन्दिर, बट्टार कभर्डहल, तल्लो पिपलटारको आयुर्वेद वैकल्पिक चिकित्सालय, गेर्खुको सुन्दरीक्यौरेनी मावि, कोलोनी कभर्डहल, फिर्केपको रणभुवनेश्वरी मावि र बेलकोटगढी नगरपालिकाको महादेव माविमा पीडितहरूलाई राखिएको छ ।
आश्रयस्थलहरूमा दृश्य झनै कारुणिक छ । बाढी पीडितहरू खाली खुट्टा र भोको पेट सरकारी तथा अन्य निकायले दिने राहतको प्रतीक्षामा छन् । कतिपयले राहत पाउन सुरु गरेका छन् भने कतिपय ठाउँमा राहत नपुग्दा मानिसहरू कुवा र खोलाको पानी पिउन बाध्य छन् । माथिबाट वर्षात् भइरहेको छ, जसका कारण त्रिपाल र आश्रयस्थलमा रहेका बालबच्चाहरू बिरामी पर्न थालेका छन् । सर्वस्व गुमाएका यी नागरिकहरू पीडा र त्रासका बीच केवल सुरक्षित भविष्य र पुनःस्थापनाको बाटो हेरिरहेका छन् ।












































