त्रिशूली अस्पतालमा नयां प्रविधि

– मापसे परिक्षण उपकरण सन्चालन
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ भाद्र ९, मंगलवार २२:५५

बिदुर  – नुवाकोटको त्रिशूली अस्पतालले मेडिकल ज्ञानसहित आधुनिक प्रविधिकोसमेत सुरुवात गरेको छ । अस्पतालको आकस्मिक विभागमा मापसे जाँचमा प्रविधिको प्रयोग सुरुवात गरिएको छ । मापसे चेक जाँचको लागि पिउने व्यक्तिको लक्षणको साथसाथै सो उपकरद्वारा मापसे चेक जाँचको लागि थप सहजता भएको अस्पतालले जनाएको छ ।

यससंगै त्रिशूली अस्पतालले मेडिकल ज्ञानसहित टेक्नोलोजीको पनि प्रयोग सुरु गरेको अस्पतालका निमित्त प्रमुख डा. राजेन्द्र लामाले बताए । बिदुर नगरपालिका ९ स्थित त्रिशूली अस्पतालको आकस्मिक विभागमा मादक पदार्थ सेवन (मापसे) गरेका व्यक्तिको पहिचान तथा स्वास्थ्य अवस्थाको मूल्याङ्कनमा चिकित्सकीय ज्ञानसँगै प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाइएको हो । मादक पदार्थ सेवन गरेका व्यक्तिमा देखिन सक्ने विभिन्न क्लिनिकल लक्षण तथा व्यवहारिक संकेतहरूको चिकित्सकीय मूल्याङ्कनसँगै उपकरणको प्रयोगबाट श्वासप्रश्वासमा रहेको अल्कोहलको मात्रा जाँच गर्न सहजता भएको छ ।

यस प्रविधिको प्रयोगले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मापसेको अवस्था मूल्याङ्कन गर्न थप सहयोग पुग्ने तथा आकस्मिक उपचार प्रक्रियालाई थप व्यवस्थित बनाउन मद्दत गर्ने अस्पतालले जनाएको छ । त्रिशूली अस्पतालमा आकस्मिक र वहिरंग गरि दैनिक पांचसय भन्दा वढि विरामी उपचारका लागि आउने गरेका छन् ।


सर्वाधिक रुचाइएको