सडकबाट कनेक्टिभिटीमा जोड

– वैकल्पिक सडकहरु मर्मत
लोकखबर
२०८३ आश्विन १, बिहीबार २१:२४

बिदुर – लेन्देखोलावाट भोटेकोशीमा  रसुवागढी हुदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीको कारण नुवाकोटमा सडक, पुल सहितको संरचनमा ध्वस्त भएपछि बैकल्पिक मार्गलाई प्राथमिकता दिइएको छ । बैकल्पिक मार्गको रुपमा प्रयोगमा ल्याइएको सडकहरुलाई अझै थप व्यबस्थित बनाउनको लागी विदुर नगरपालिकाले स्तरोन्नतीसहित दुई लेनमा निर्माण गर्न सडक बोर्ड नेपाल र सडक डिभिजन नुवाकोटलाई सिफारिस गरेको छ । बैकल्पिक मार्ग निर्माणको लागी प्रस्ताव माग भए अनुसार मेयर राजन श्रेष्ठले वैकल्पिक सडक छनौट अन्र्तगत विदुर नपा ३ स्थित छत्रेखोला–सिर्खाली–रणभुवनेश्वरी मावि–मान्द्रेढुङ्गा–गौरीबेशी–कालीखोला–माझीगाउँ–कोलानी–आगापुटार–तुप्चे–भित्रिनीटार–सिस्नेचौर हुँदै च्याम्पेश्वर (किस्पाङ) जोड्ने सडकलाई दुई लेनको कालोपत्रेसहितको वैकल्पिक सडकको रुपमा स्तरोन्नतिको लागी सिफारिस गरिएको हो ।

उता, नुवाकोटको छमेकी रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग बन्दै गरेको छ । अकल्पनीय बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद हुँदा आवतजावत तथा सामान ढुवानीमा ठूलो समस्या भइरहेको अवस्थामा रसुवालाई सडक सञ्जालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्ग निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी–बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन तथा सहजीकरण गरिएको हो । बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट–रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक सडक मार्ग तयार हुनेछ । सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेका अनुसार फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिनेछ ।

उता, विदुर नपा–किस्पाङ जोड्ने सलाखु खोलाको पुलमा बाढीको क्षति भएपछि आवतजावत तनि सातादेखि प्रभावित भएको छ । विदुर नगरपालिका र किस्पाङ गाउँपालिका जोड्ने सलाखु खोलाको पुलमा बाढीले क्षति पु¥याएपछि अस्थायी रुपमा मर्मतको काम भइरहेको छ । बाढीपछि पुलमा ठूलो विध्वंस देखिएको छ भने आवागमनमा समेत असर परेको छ ।

 


सर्वाधिक रुचाइएको