चोरीमा पक्राउ परेकाहरु धरौटीमा छुटे

– अदालतद्वारा जनही २० हजार धरौटीमा रिहा
लोकखबर
२०८३ आश्विन १, बिहीबार २०:५२

बिदुर – लेन्देखोला हुदै भोटेकोशी नदीवाट रसुवागढी नाका हुदैँ त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले मृत्यु भई वगाएर नुवाकोटमा ल्याएको शववाट गहना लुट्ेको अभियोगमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकाहरुलाई कारवाहीका लागि चोरी मुद्धा दायर गरेको थियो । बाढीले वगाएर ल्याएको महिलाको शववाट लगाइएका सुनका गहनाहरु लुटेका अभियोगमा प्रहरीले नुवाकोटको बिदुर नगरपालिका ३ का पांच जना युवकहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोट अदालतले विहीवार उनीहरुलाई जनही २०/२० हजार रुपैया धरौटीमा रिहा गरेको हो । पक्राउ परेका युवकहरुलाई चोरी अन्र्तगत मुद्धा दायर गरिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार उनीहरुलाई भदौ २३ गते पक्राउ गरि हिरासतमा राखेर विशेष अनुसन्धान गर्नका लागि जिल्ला अदालतवाट म्याद अनुमतिसमेत लिएको थियो ।

वादी तथा प्रतिवादीहरुको वयान तथा अभिवक्ताहरुको थुनछेक वहसपछि जिल्ला न्यायाधिष दयराम ढकालको आदेशले पक्राउ परेका युवकहरुले मुद्धा कायम नै रहनेगरि जनही २०/२० हजार रुपैया धरौटी राखेर हिरासतमुक्त भएका हुन् । स्थानीयवासीका अनुसार पक्राउ परेका २६ देखि ३६ वर्ष उमेरका ति युवकहरुले बाढीले वगाएर ल्याएको महिलाका शवका गहनाहरु देवीघाटस्थित फिर्केपमा रातीको समयमा टर्चलाइट वालेर औंला काटेरसमेत चोरी गरेका हुन् ।


सर्वाधिक रुचाइएको