कांग्रेसको बिदुर नगर अधिवेसन

– सभापतिमा गजुरेल निर्वाचित
लोकखबर
२०८३ आश्विन १४, बुधबार २३:४३

बिदुर – नेपाली कांग्रेसको १५ औं महाधिवेसन अन्र्तगत भएको नुवाकोटको विदुर नगरपालिकाको अधिवेसनमा नयां नेतृत्व चयन भएको छ । अधिवेसनले सभापतिमा सुजन गजुरेललाई निर्वाचित गरेको छ । प्रतिनिधिहरुद्वारा मतदानमार्फत भएको नेतृत्व चयन प्रक्रियामा निकटतम बद्रीप्रसाद रिमाललाई १९ मतले पराजित गर्दै गजुरेल सभापतिमा विजयी भएका हुन । उनले विदुर नपा ३ को वडाध्यक्ष समेत रहेका पुराना कांग्रेस नेता रिमाललाई पराजित गर्दै पार्टीको नगर नेतृत्वमा विजय प्राप्त गरेका हुन ।

रिमाल अघिल्लो अधिवसनमा भएको मतदानमा सभापतिमा हरिलाल श्रेष्ठसंग एक मतले पराजित भएका थिए । अधिवेसनअन्र्तगत भएको निर्वाचनको मतगणनापछि विभिन्न पदको अन्तिम परिणाम सार्वजनिक गरिएको हो । सभापति पदमा गजुरेलले २ सय ३१ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी बद्रीप्रसाद रिमालले २ सय १२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा कांग्रेस नगर उपसभापति (महिला) पदमा ज्ञानु थापा २ सय १८ मतसहित निर्वाचित भएकी छन् ।
उनकी प्रतिस्पर्धी रोजिनानिशा चित्रकारले २ सय ११ मत प्राप्त गरिन् ।

उपसभापति (खुल्ला) पदमा रविन्द्र रिजाल २ सय ४२ मतसहित निर्वाचित हुँदा केदारप्रसाद रिजालले १सय ७० मत पाएका छन् । त्यस्तै, सचिव पदमा राजकुमार अधिकारी २ सय १४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लोकनाथ रिसाल (लोकेश) ले २ सय ७ मत प्राप्त गरे । सहसचिवमा कविन्द्र अधिकारी २ सय ३१ मतसहित निर्वाचित भए । महेन्द्रबहादुर प्याकुरेलले १ सय ७० मत प्राप्त गरे । खुल्ला सदस्य (वडा नं. १३) तर्फ मानबहादुर तामाङले १ सय ८५ र वीरबहादुर तामाङले १ सय ७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । एक दलित सदस्यमा अनन्त मिजार १ सय ४९ मतसहित निर्वाचित भए ।

सो पदका उम्मेदवार नागेन्द्र मिजारले १ सय १७ र राजेन्द्र विकले १ सय ११ मत प्राप्त गरे । अधिवेशनका अन्य विद्याका सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् ।
यसैवीच, काङ्ग्रेसको क्षेत्रीय अधिबेशन अनर्तगत वुधवार मनोनयन गरिएको छ । विभिन्न पदका लागि बिहिवार निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । नुवाकोटको दुबै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसअन्र्तगत क्षेत्र नम्बर १ को सभापतिमा  कुमार गुरुङ,  जगदीश कुइकेल र रामेश्वर थापाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर २ को सभापतिमा सिंहराज तामाङ,  आशावहादुर तामाङ र  राजन गजुरेलले उम्मेदवारी दिएका छन् । कांग्रेस संस्थापन इतर पक्षको भने नुवाकोटमा असोज १५ गते वडा अधिबेशन, २० गते पालिका अधिबेशन र २३ गते क्षेत्रीय अधिबेशन तोकिएको छ । सस्थापनतर्फको कांग्रेस क्षेत्रीय अधिवेशनमा संस्थापन पक्षभित्रै प्यानल बनेर प्रतिस्पर्धा हुने भएको छ । क्षेत्रीय अध्यक्षसहित क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा दुई पक्षले छुट्टाछुट्टै प्यानल बनाएपछि संस्थापन पक्षभित्रको आन्तरिक ध्रुवीकरण सतहमा देखिएको छ ।


सर्वाधिक रुचाइएको