२७८३ वेपत्ता, बिदुर नपाकै ५८० जना

– बिदुर नपाभित्र १५ सय वढि घर ध्वस्त
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन १२, सोमबार २२:४८

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा दुईहजार सातसय वढि वेपत्ता रहेका छन् । बिदुर नगरपालिकाका मात्र झण्डै ६ सय जना वेपत्ता रहेका छन् । गत भदौ १० गते बिहान १० वजे आएको प्रलयकारी बाढीले नुवाकोटमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ । बाढीले नुवाकोटको चार स्थानीय तहमा प्रभावित पारेको हो ।

नुवाकोटमा बाढीले हालसम्म वगाएर ल्याएको दुइसय चार जनाको शव निकालिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । जसमध्ये ४८ महिला, ५० पुरुष तथा लिंग पहिचान हुन नसकेका एकसय ६ जना रहेको प्रशासनले जनाएको छ । बाढीमा परेर हालसम्म नुवाकोटका दुइहजार सातसय २३ जना वेपत्ता रहेका छन् । जसमध्ये एकसय ७५ जना महिलाससहित तीनसय ५५ जना विदेशी रहेका छन् ।

बाढीमा वेपत्ता भएकामध्ये चारसय ६७ जना महिलासहित दुईहजार तीनसय ६८ जना स्वदेशी रहेका छन् । ६६ जना घाइतेको उपचार गरिएको प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए । हालसम्म बाढीमा परेका स्वदेशी र विदेशी गरि तीनहजार ६ सय ३० जनालाई हेलिकप्टर तथा स्थलगत उद्धार गरिएको प्रशासकिय अधिकृत नेपालले जानकारी दिए । उनका अनुसार सात वटा आश्रित केन्द्रमा ९० महिलासहित एकसय ७६ जना वसोवास गरिरहेका छन् ।

बाढी पीडितहरुलाई तत्काल आवस्यक परेको वेलामा निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराइएको छ । राहत तथा उद्धारका लागि यातायात पुर्वाधार सन्चालनलाई प्राथमिकता दिइएको विपद व्यवस्थापन समितिले जनाएको छ । यस्तै, नुवाकोटको सदरमुकाम समेटिएको बिदुर नगरपालिकामा पांचसय ८० जना वेपत्ता रहेका छन् । बिदुर नपा कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सवैभन्दा वढि बिदुर नपा १० का दुईसय ४८ जना, बिदुर ७ का एकसय १४ जना, बिदुर १ का ८५ जना, बिदुर ९ का ४५ जना, बिदुर ८ का २५ जना, बिदुर ५ का १७ जना, बिदुर ४ का १३ जना, बिदुर ३ का आठजना, बिदुर ६ र १३ का ६/६ जना, बिदुर २ का ५ जना, बिदुर ११ र १२ का ४/४ जना वेपत्ता रहेका छन् ।

बिदुर नपा कार्यालयले बिदुर नपामा कुल एकहजार पांचसय ३६ घर पूर्ण रुपमा क्षति भएको जनाएको छ । सवैभन्दा वढि बिदुर नपा १ को चारसय एक घर, बिदुर ५ को तीनसय ८७ घर, बिदुर १० को दुईसय ३२ घर, बिदुर ७ को एकसय ७५ घर, बिदुर ९ को एकसय ४८ घर, बिदुर ४ को ७५ घर, बिदुर ६ मा पांच र बिदुर ८ मा तीन घर पूर्ण रुपमा क्षति भएको मेयर राजन श्रेष्ठले जानकारी दिए । उनले लाभग्राही (बाढी प्रभावित) हरूको सूची सार्वजनिक तथा छुट दर्ता गरिने वताए ।

विनाशकारी बाढीबाट प्रभावित भई घर पूर्ण क्षति भई विस्थापित भएका तथा बाढीका कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई लाभग्राही कायम गरिएको बिदुर नपाले जनाएको छ । उक्त नामावलीमा आफ्नो नाम छुटेको, विवरण फरक परेको वा कुनै त्रुटि रहेको भए सम्बन्धित व्यक्ति वा परिवारका सदस्यले आवश्यक प्रमाण तथा कागजातसहित सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा सम्पर्क गरी छुट दर्ता तथा विवरण थप गरी सच्याउन निवेदन पेश गर्न सकिने बिदुर नपा कार्यालयले जनाएको छ । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नपा तथा किस्पाङ र तारकेश्वर गापामा क्षति गरेको हो ।


सर्वाधिक रुचाइएको