बाढी पीडितहरुको आंखा परिक्षण
– औषधि तथा चश्मा वितरण
बिदुर – बाढीका कारण विस्थापित भई नुवाकोटको विभिन्न अस्थायी आवास केन्द्रमा वसोवास गर्दै आइरहेका बाढी पीडितहरुको आंखा परिक्षण गरिएको छ ।उनीहरुलाई औषधि तथा चश्मासमेत वितरण गरिएको छ ।

सामुदायिक आँखा केन्द्र नुवाकोटले बिदुर नगरपालिका ५ पिपलटारस्थित लामिवगैचामा स्थापित अस्थायी आवास केन्द्रमा रहेका ४९ जना बाढी पीडितहरुलाई निः शुल्क आँखा जाँच, औषधी तथा चस्मा वितरण गरिएको केन्द्र प्रमुख तारावहादुर वाइवाले जानकारी दिए । अन्य स्थानमासमेत आंखा परिक्षण गरिने उनले वताए ।













































