संस्थापन कांग्रेसको पालिका अधिवेसन

– देउवा पक्षको भेला
लोकखबर
२०८३ आश्विन १३, मंगलवार २३:२९

बिदुर – नुवाकोटमा कांग्रेसको दुई पक्ष स्पष्ट रुपमा देखा परेको छ । नुवाकोटमा संस्थापन पक्षले मंगलवार पालिका अधिकवेसन गरेको छ भने सस्थापन इतर पक्षले भेला गरेको छ ।   संस्थापन पक्षले नुवाकोटका १२ मध्ये अधिकांश पालिकाको अधिवेसन निर्विरोध रुपमान टुंगाएको छ । कपितपय पालिकामा मतदानमार्फत नयां पदाधिकारी चुनिएको छ ।

कांग्रेसको पालिका अधिवेशन अन्र्तगत  दुप्चेश्वर गाउंपालिकामा शशि आचार्य,  शिवपुरी गापामा प्रल्हाद थापा, तादी गापामा यादव खनाल, लिखु गापामा धनन्जय उप्रेती,   सुर्यगढी गापामा  दीपेन्द्र गिरी,  ककनी गापामा  पम्वर लामा, पंन्चकन्या गापामा प्रकाशचन्द्र पंण्डित र किÞस्पाङ गापामा छेत्र तामाङ सभापतीमा चुनिएको कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले जानकारी दिए । उनका अनुसार अन्य पालिकाको परिणाम आउन बाँकी रहेको छ ।  कांग्रेसको क्षेत्र नं. १ र २ को क्षेत्रीय अधिवेशनको मनोनयन असोज १४ गते वुधवार र मतदान प्रक्रिया असोज १५ गते विहीवार हुने कार्यक्रम तय भएको सभापति महतले वताए ।

बिदुर नगरपालिकामा निर्वाचनमार्फत सुजन गजुरेलको प्यानल र बद्रीप्रसाद रिमालको प्यानलवीचको प्रतिस्पर्धा भएको हो ।  कांग्रेसको बेलकोटगढी नगरपालिका, म्यागङ र तारकेश्वर गाउँपालिकाको अधिबेशन स्थगित भएको छ । यता, नुवाकोटको बट्टारमा कांग्रेसको संस्थापन इतर अर्थात् देउवा पक्षिय भेला भएको छ ।

भेलामा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुव अधिकारी, जिल्ला संयोजक श्रीराम श्रेष्ठलगायत नुवाकोटका दुई वटै निर्वाचन क्षेत्रवाट कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सहभागीहरुले विद्यि र नीति अनुसार कांग्रेसलाई अगाडि वढाउने प्रतिवद्धता जनाए ।


सर्वाधिक रुचाइएको