बाढी पीडित परिवारलाई नगद घोषणा
बिदुर – प्रलयकारी बाढीका कारण पीडित परिवारलाई नगद रुपैया दिने रेडक्रसले घोषणा गरेको छ । यसवाट पीडि परिवारलाई थप रहात पुगेको छ । गत भदौ १० गते वुधवार विहान १० वजे आएको बाढीबाट प्रभावित नुवाकोटका मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई लक्ष्यित गरी नेपाल रेडक्रस सोसाइटीले प्रति परिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ । बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रेडक्रसले सो रकम उपलब्ध गराउन लागेको हो ।

नेपाल रेडक्रस सोसाइटी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको सम्झौताअनुसार बाढीबाट प्रभावित लक्ष्यित परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले सहायता उपलब्ध गराउन लागेको हो । प्रारम्भिक तथ्यांकअनुसार करिब ६ हजार परिवार यसबाट लाभान्वित हुनेछन् । घोषणा गरिएको एक लाख रुपैयाँको सहायताका लागि स्थानीय तह, जिल्ला प्रशासन र रेडक्रसबीच तथ्याङ्क प्रमाणीकरण तथा समन्वय भइरहेको नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले बताए । उनका अनुसारघरबार गुमाएका परिवारको आवास पुनर्निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा, जीविकोपार्जन र मानसिक पुनःस्थापनालाई पनि सँगसँगै अघि बढाइएको छ ।

लाभग्राहीको पहिचान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण र आवश्यक प्रमाणीकरणका आधारमा गरिने रेडक्रस नुवाकोटले जनाएको छ । रकम सम्बन्धित परिवारको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाइने जनाइएको छ । बाढीले थलापारेको जनजीवन सामान्यअवस्थामाफर्काउन सरकारी निकाय, स्थानीयतह र मानवीय संस्थाबीच दीर्घकालीन सहकार्यसमेत भइरहेको छ । बाढीका कारण नुवाकोटमा दुई सय ६ जनाको शव निकालिएको छ भने दुईहजार सातसय २३ जना वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।











































