बाढी पीडित बालवालिका आफन्तको जिम्मामा

– सुरक्षित संरक्षणको योजना
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन २८, बुधबार १३:०८

बिदुर – त्रिशूली नदीमा मिसिएको प्रलयकारी बाढीले परिवारजन गुमाएका बालबालिकाहरुलाई नुवाकोटको शेरामा आश्रयस्थल कायम गरि राखिएकोमा आफन्तजन तथा नजिकका नातेदारको जिम्मा लगाइएको छ । बिदुर नगरपालिका २ शेरास्थित विद्यालयको आश्रयस्थलमा राखिएका बाढीपीडित बालबालिकाहरुलाई आफन्तको संरक्षणमा जिम्मा लगाइएको हो । विनासकारी बाढीमा आमाबावु गुमाएका २६ जना बालबालिकालाई उनीहरुको नजिकको परिवारजनमा फर्काइएको वडाध्यक्ष दीपक कायस्थको भनाई छ ।

१६ वालिकासहित २६ जनालाई नजिकका नातेदार तथा परिवारजनको संरक्ष्णामा पठाइएको उनले वताए । बाढी पीडित रसुवाको उत्तरगया गाउँपालिकाका ति बालबालिकालाई नुवाकोटको विदुर नगरपालिका–२ स्थित अत्रपूर्ण पञ्चकन्या आश्रयस्थलरमा राखिएका बालबालिकाहरुको विस्तृत अध्ययन तथा पारिवारिक अवस्था मूल्याङ्कनपछि आफन्त र नातेदारको जिम्मा लगाइएको वडा सदस्य रन्जन थापामगरले वताए । उनका अनुसार गत भदौ १० गतेको बाढीमा आमाबावु गुमाएका बालबालिकाको संरक्षणका लागि स्थापना गरिएको आश्रयस्थल नजिकका नातेदारको जिम्मा लगाइएपछि खाली गरिएको छ ।

बालबालिकालाई लामो समयसम्म आफन्तबाट टाढा भएको र आफ्नै आमाबावुको अन्तिम संस्कारमा सहभागी हुन समेत कठिनाई भएपछि परिवार पुनर्मिलनको प्रक्रिया सम्पन्न गरिएको हो । सरोकारवाला निकायले गरेको अध्ययनका आधारमा बालबालिका र उनीहरूलाई संरक्षण दिन चाहने परिवारको अवस्था मूल्याङ्कन गरिएको थियो ।
उत्तरगया गापा –१ को वडा कार्यालयबाट नाता प्रमाणित गरिएका कागजातसमेतका आधारमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । आश्रयस्थलमा रहेका २६ बालबालिकालाई आफन्त तथा नजिकका नातेदारसँग पुनर्मिलन गराइएको हो ।


सर्वाधिक रुचाइएको