जिफण्टले निर्माण ग¥यो अस्थायी घर

– पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गरे हस्तान्तरण 
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन २८, बुधबार १४:५८

बिदुर – नुवाकोटको समथर भुभाग पिपलटारमा बाढीपीडितहरुका लागि अस्थायी आवास निर्माण गरिएको छ । ति अस्थायी घरहरु कार्यक्रमकावीच हस्तान्तरण गरिएको छ ।  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहयोग र सक्रियतामा बाढीपीडितहरुका लागि बिदुर नगरपालिका ५ पिपलटार ठुलोगाउंमा निर्माण गरिएका अस्थायी घरहरु वुधवार पुर्व प्रधानमन्त्री तथा नेकपा उमालेका अध्यक्ष केपी शर्माओलीले हस्तान्तरण गरे ।

उनले सरकारले बाढीले घरवार विहीन भएकाहरुको पुर्नवासका लागि सरकारले ढिलाई गरिरहेको वताए ।  अध्यक्ष ओलीले विपद तथा जटिल अवस्थामा विशेष रुपमा सरकारका संयन्त्रहरु परिचालन हुनु पर्नेमा जोड दिदै बाढी गएको डेढ महिनामासमेत पुर्नस्थापनाको विषयमा कुनै निर्णय नआउनु दुःखद रहेको वताए । जाडोयाम सुरु भइसकेका कारण बाढी पीडितहरुलाइर्ए विशेष रुपमा पुर्नस्थापनाको कार्यक्रम ल्याउन तीनै तहको सरकार क्रियाशील हुनुपर्ने अध्यक्ष ओलीले वताए ।

अध्यक्ष ओलीले जिफण्टले पहिलो चरणमा निर्माण गरेका १८ वटा अस्थायी आवास पीडित परिवारलाई हस्तान्तरण गरे । जिफण्टले अन्य थप १८  वटा अस्थायी आवाससमेत केहि दिनमै तयार गर्ने जनाएको छ ।  एमाले निकट मजदुर संगठन जिफन्टको नेतृत्वमा विदुर नपा – ५ ठूलोगाउँ पिपलटारमा  तयार पारिएको अस्थायी घरटहरा बाढीले घरवार विहीन भएकाहरुलाई हस्तान्तरण गरिएको हो । प्रत्येक अस्थायी आवासमा शौचालय, बिजुली र पानीलगायतका आधारभूत सुविधाको समेत व्यवस्था गरिएका छन् ।

अस्थायी आवास निर्माण अभियानमा जिफन्टका स्वयंसेवकहरु सहभागी भएको जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले वताए । उनले विपदमा सदैव जिफण्ट भन्ने उद्धेश्यले ति अस्थायी आवासहरु केहि दिनमै जिफण्टका स्वंसेवकहरुले निर्माण गरिएको हो  ।


सर्वाधिक रुचाइएको