बाढीले वगाएको स्थानमा जालपादेवी स्थापना
बिदुर – झण्डै दुई महिना अगाडिको प्रलयकारी बाढीले बढारेको नुवाकोटको पव्रसिद्ध जालपादेवी मन्दिर भएको स्थानमा पुनः मन्दिर स्थापना गरिएको छ । यसससंगै वडादशैंको सन्दर्भमा सम्पुर्ण भक्तजनहरुको लागि उक्त स्थानमा जालपादेवीबो पुजाआजाका लागि खुल्ला गरिएको छ । मन्दिर सन्चालन गरेसंगै बाढीपछि रोकिएको जालपादेवी मन्दिरको पूजा पुनः सञ्चालनमा आएको छ ।

गत भदौ १० गते गएको अकल्पनीय बाढीबाट ध्वस्त पारेको बिदुर नगरपालिका ५ देवीघाटस्थित त्रिशूल िर ताद िनदीको संगमस्थलमा जालपादेवी मन्दिरको पूजा–आराधना शुक्रवारदेखि पुनः सञ्चालनमा आएको छ । मन्दिरका ९३ वर्षीय मुल पुजारी रणबहादुर चित्रकारले साविक जालपादेवी मन्दिर रहेको स्थानमा जालपादेवीको प्रतिमा प्रतिस्थापन गरी विधिपूर्वक पूजा–आराधना गरेका हुन् । त्यससँगै सम्पूर्ण धर्मावलम्बीका लागि जालपादेवीको पूजा–आराधना पुनः खुल्ला गरिएको छ ।

बडादशैंको नवरात्रको अवसरमा प्रतिस्थापित जालपादेवी मन्दिरमा भक्तजनले दैनिक दर्शन गर्न थालेका छन् । आस्था, विश्वास र परम्पराको निरन्तरता! बाढीले क्षति पु¥याए पनि जालपादेवीप्रतिको श्रद्धा र भक्तिभाव फेरि जागृत भएको जालपा क्षेत्र विकास समितिले जनाएको छ ।

















































