मन्त्रालय र बोर्डवीच सम्झौता
बिदुर – नेपाली चलचित्रको बिकासलाई नतिजामुखि वनाउने उद्धेश्यका साथ सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डकावीच कार्य सम्पादन सम्झौता गरिएको छ । यसले चलचित्र क्षेत्रको विकास र संस्थागत कार्यसम्पादनलाई थप नतिजामुखी बनाउने अपेक्षा गरिएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाको उपस्थितिमा सञ्चार सचिव राजेन्द्रकुमार पौडेल र चलचित्र विकास बोर्डका अध्यक्ष मनीष पण्डितबीच चालु आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यसम्झौता सम्पन्न भएको हो । चलचित्र क्षेत्रको विकास र संस्थागत कार्यसम्पादनलाई थप नतिजामुखी बनाउने प्रतिबद्धतासहित उक्त सम्झौता गरिएको हो ।

सन्चार सचिव पौडेल र बोर्डका कार्यकारी अध्यक्ष पण्डितबीचको कार्यसम्पादन सम्झौताले बोर्डका वार्षिक कार्यक्रम तथा प्राथमिकताहरूको प्रभावकारी कार्यान्वयन, संस्थागत जवाफदेहिता, नियमित अनुगमन र निर्धारित समयसीमाभित्र नतिजा हासिल गर्ने कार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । स्पष्ट लक्ष्य, सुनिश्चित जिम्मेवारी र मापनयोग्य उपलब्धिमार्फत नेपाली चलचित्र क्षेत्रको विकासलाई गति दिने कार्यसम्पादन सम्झौताको उद्देश्य रहेको बोर्डले जनाएको छ ।












































