दुर्घटनामा दुई महिलासहित तीन जनाको मृत्यु

– गुडिरहेको मोटरसाइकल एकसय मिटर तल खसेर दुर्घटना
लोकखबर
२०८३ कार्तिक २४, सोमबार १४:०४

बिदुर – दोश्रो ठुलो पर्व तिहारको समयमा नुवाकोटको खड्काथोकमा दुर्घटना भएको छ । दुर्घटनामा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । सदरमुकाम बिदुरदेखि १५ किलोमिटर पश्चिममा रहेको बिदुर नगरपालिका  ९ खड्कथोकमा सोमवार दिउंसो एउटा मोटरसाइकल दुर्घटना हुंदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटकै भैरमकोटबाट कोलोनीतर्फ आउदै गरेको बा९९प ८२०२ नं.को पल्सर मोटरसाइकल सडकबाट एकसय मिटर तल खखेर दुर्घटनाग्रस्त हुदा उक्त मोटरसाइकल चालकसहित तीन जनाको उपचारका कmममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भिर घाईते भई तीनै जनालाई उपचारको लागी त्रिशूली अस्पताल नुवाकोटमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबाँस गाउंपालिका ५ घर भई हाल नुवाकोटको बिदुर नपा ९ बस्ने ४७ वर्षिय बुद्धिमान तामाङ, बिदुर नपा १३ का ३१ बर्षिया बिन्दा थापामगरर सोहस् स्थानकी २७ वर्षिया सुनीता थापामगरको मृत्यु भएको हो । दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको छ । प्रहरीले चाडपर्वको समयमा होसियारी र सावधानीपुर्वक सवारी चलाउन र यात्रा गर्न आम सर्वसाधारणमा अनुरोध गरेको छ ।


सर्वाधिक रुचाइएको